बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ६ २०७९
राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

वैशाख १३ गतेसम्मका लागि सरकारको सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। 

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्न अदालतले अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले मंगलबार अल्पकालिन अन्तरिम आदेश जारी गर्दै छानबिन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो।

इजलासले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन समेत भनेको छ। साथै अदालतले कारण देखाउन समेत भनेकाे छ।

सरकारलाई असहयोग गरेको भन्दै सरकारले गभर्नर अधिकारीका विषयमा छानवीन गर्ने निर्णय गरेको थियो।

उनीमाथि लागेको आरोपबारे छानविन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा  डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य  रहेका छन्।

छानवीनका लागि समिति गठन भएसँगै स्वत: निलम्बन हुने व्यवस्था अनुसार अधिकार निलम्बनमा परेका थिए। वैशाख १३ गतेसम्मका लागि सरकारको सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। 

यस्ताे छ आदे‍श

278766978_357006746486513_5198713525140715504_n.jpg

278767390_1000307267358150_6130410846631763676_n.jpg

अर्थमन्त्रीले पहिले जे गर्न दिएनन् त्यही कारणले अहिले अर्थतन्त्रमा समस्या  अर्थमन्त्रीले पहिले जे गर्न दिएनन् त्यही कारणले अहिले अर्थतन्त्रमा समस्या 


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९१२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend