सोमबार, वैशाख २४ गते २०८१    
images
images

यी हुन् विश्वका ५ ठूला चिप उत्पादक कम्पनी

images
images
images
यी हुन् विश्वका ५ ठूला चिप उत्पादक कम्पनी

कोरोना महामारीपछि चिप अभावको अवस्थालाई ध्यानमा राख्दै कयौं कम्पनीले लगानी विस्तार त कयौं नयाँ कम्पनीले चिप उत्पादन गर्ने घोषणा गरेका छन्।

images
images

काठमाडौं- कार उत्पादनसहित अन्य अटोमोबाइल उत्पादका लागि अत्यापश्यक कुरा हो चिप (सेमिकन्डक्टर)। कोरोना महामारीका कारण विश्वभरका सबैजसो उद्योग बन्द हुँदा सप्लाइ चेन हालसम्म पनि प्रभावित भइरहेको छ।

images
images
images

कोरोना महामारी मत्थर भएको महिनौं बितिसक्दा समेत चिपको पर्याप्त उपलब्धता नहुँदा कार किन्नेहरुले कुर्नुपर्ने अवस्था छ। कारका साथै अन्य विद्युतीय उपकरण समेत हालसम्म सहज रुपमा पाउने अवस्ठा बनेको छैन। ल्यापटपदेखि मोबाइलसम्म र कारदेखि अन्य विद्युतीय उपकरणसम्म चिपको आवश्यकता पर्छ। 

images

विश्वमा दर्जनौं ठूला चिप उत्पादन कम्पनीहरु छन्। कोरोना महामारीपछि चिप अभावको अवस्थालाई ध्यानमा राख्दै कयौं कम्पनीले लगानी विस्तार त कयौं नयाँ कम्पनीले चिप उत्पादन गर्ने घोषणा गरेका छन्।  

images

यहाँ विश्वका ५ ठूला सेमिकन्डक्टर (चिप) उत्पादन कम्पनीका कारेमा उल्लेख गरिएको छ। 

images
images

१. एनभिडिया कर्पोरेसन 

एनभिडिया उत्पादन गरेका चिप उच्च पर्फमेन्सका कम्प्युटरमा प्रयोग हुने गरेको छ। मुख्य गरि ग्राफिक प्रोसेसिङ युनिट (जीपीयू)मा आधारित रहेका चिप उत्पादन गर्ने कम्पनी हो एनभिडिया। अहिले यो कम्पनीले विद्युतीय कारका लागि समेत चिप उत्पादन गरिरहेको छ। चिनियाँ कार उत्पादक एआइओका अटोनोमस कारमा एनभिडियाका चिप प्रयोग भएका छ। 

यो कम्पनीको बजार पुँजीकरण ६ सय ६५.७५ अर्ब अमेरिकी डलर रहेको छ। २०२२ को जनवरीअघिको एक वर्षमा कम्पनीले २६.९१ अर्ब डलर आम्दानी गरेको थियो। 

२. ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी

यो कम्पनी विश्वको दोस्रो ठूलो सेमिकन्डक्ट उत्पादन कम्पनी हो। ताइवान सेमिकन्डक्टरले विश्वका ठूला टेक कम्पनीलाई चिप उपलब्ध गराउँदै आएको छ। २०२२ मा यो कम्पनीले ४४ अर्ब डलरसम्म लगानी गने्ृ घोषणा गरेको छ। 

२०२१ मा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले १४.३ अर्ब डलर आम्दानी गरेको थियो। ठूला टेक कम्पनीहरुमा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङको ९० प्रतिशत हिस्सा रहेको छ। यो कम्पनीको बजार पुँजीकरण ५ सय ३३.२२ अर्ब डलर रहेको छ। 

३. ब्रोडकम इंक

विश्वका पाँच ठूला चिप उत्पादक कम्पनीको सूची ब्रोडकम इंक पनि छ। अमेरिकाको क्यालिफोर्नियामा रहेको यो कम्पनीले विभिन्न ठूला कम्पनीलाई चिप उपलब्ध गराउँदै आएको छ। यो कम्पनीको गत वर्षको आम्दानी २७.४५ अर्ब डलर रहेको थियो। ब्रोडकमको बजार पुँजीकरण २ सय ४९.६० अर्ब डलर रहेको छ। 

४. इन्टेल कर्पोरेसन 

इन्टेल कर्पोरेनस पनि अमेरिकाको क्यालिफोर्नियामा आधारित कम्पनी हो। यो कम्पनीले मुख्य गरि एचपी, डेल तथा लेनोभो कम्पनीलाई चिप उपलब्ध गराउँदै आएको छ। इन्टेलले युरोपमा आगामी १० वर्षमा ८० अर्ब युरो लगानी गर्ने घोषणा समेत गरिसकेको छ। 

इन्टेलले २०२१ मा ७९.०२ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। कम्पनीले २०२६ सम्ममा आफ्नो आम्दानी १२ प्रतिशतसम्म बढाउने लक्ष्य लिएको छ। यो कम्पनीको बजार पुँजीकरण १ सय ९७ अर्ब डलर रहेको छ। 

५. एडभान्स्ड माइक्रो डिभाइस इंक

यो कम्पनीले ग्राफिक्स प्रोसेसिङ चिप, माइक्रोप्रोसेसर, मदरबोर्ड चिपलगायत उत्पादन गर्दै आएको छ। एडभान्स्डका ग्राहकहरु गुगल, ट्वीटर, माइक्रोसफ्टलगायत कम्पनी हुन्। 

यो कम्पनीले २०२१ मा हालसम्मकै सर्वाधिक १६.४३ अर्ब डलर आम्दानी गरेको थियो। एडभान्स्ड माइक्रो डिभाइस इंकको बजार पुँजीकरण १ सय ८६.७९ अर्ब डलर रहेको छ। 

images

प्रकाशित : शनिबार, चैत २६ २०७८१०:०५

प्रतिक्रिया दिनुहोस