आइतबार, असोज ६ गते २०८१    
images
images

'अर्थतन्त्र सुधारमा सरकारको उपेक्षाले चिन्ता थपियो'

images
मंगलबार, चैत २२ २०७८
images
images
'अर्थतन्त्र सुधारमा सरकारको उपेक्षाले चिन्ता थपियो'

नेपालमा अहिले अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच समन्वय नभएको भन्दै यी तीनै अंग एकै ठाउँमा उभिएर अर्थतन्त्र सुधारका लागि नयाँ नीति ल्याउनुपर्ने अर्थविद्‍को धारणा।

images
images

काठमाडौं- अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्‍हरूले चिन्ता व्यक्त गरेका छन्। 

images
images
images

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थविद्हरूले नेपालको अर्थतन्त्र संकटोन्मुख हुँदासमेत सरकारले उपेक्षा गरेको भन्दै चिन्ता जाहेर गरेका हुन्।

अर्थविद् डा. डिल्लीराज खनालले नेपालमा अर्थतन्त्रका संकेतहरू राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताए। उनले सरकारले अहिलेबाट नै बढी सजग भएर नीति निर्माण गर्न आवश्यक रहेको पनि बताए।

अर्थविद् खनालले नेपालको अर्थतन्त्रमा एकातिर अर्थतन्त्र ह्रासमुलक हुने, मन्दीतिर जाने हो कि भन्ने हुने, अर्कोतिर सधैँ आयात व्यापक रुपमा बढ्ने र मूल्यवृद्धि पनि व्यापक हुने किसिमको जटिल भ्रुणहरू देखिएको बताए। उनले अर्थविद्हरूले देशको अर्थतन्त्र गम्भीर रहेको कुरा बारम्बार भनेपनि सरकारका जिम्मेवार व्यक्तिहरूले यसमा चासो नदिएको बताए। जिम्मेवार पक्षले समेत अर्थतन्त्र सुधारमा चासो नदेखाउँदा श्रीलंकाको झल्को आएको उनले बताए।

images

‘अर्थतन्त्रका संकेतहरू राम्रा छैनन्, गम्भीर संकटतर्फ अर्थतन्त्र जाँदैछ। त्यसो भएको कारणले पनि अहिलेदेखि नै सरकार बढी सजग भएर कतिपय नीतिहरू लिनुपर्छ। त्यो नीति पनि बजेट वा पूँजीगत खर्चको मात्रै पक्ष भएन। मौद्रिक वा वित्तिय नीतिसँग मात्रै पनि सम्बन्धित भएन। व्यापार नीति, फरेन एक्सचेन्ज रिजर्भसँग विनिमय नीतिसँग। त्यसपछि उद्योगसँग पनि अन्तरसम्बन्ध भयो। एकातिर अर्थतन्त्र ह्रासमुलक हुने, मन्दीतिर जाने हो कि भन्ने हुने, अर्कोतिर आयात व्यापक रुपमा बढ्ने, सधैँ आयात व्यापक रुपमा बढ्ने र मूल्यवृद्धि पनि व्यापक हुने यस्तो किसिमको जटिल र एकले अर्कोलाई अन्तरसम्बन्ध झनै गहिरो बनाएर जाने प्रवृतिहरू, भ्रुणहरू देखिएका छन्' अर्थविद् खनालले भने।

त्यस्तै अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले सरकारको रेमिट्यान्स कुन गतिमा गइरहेको छ भन्ने कुराको आँकलन गर्न नै गाह्रो हुन थालेको बताए। उनले नेपालमा अहिले अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच समन्वय नभएको भन्दै यी तीनै अंग एकै ठाउँमा उभिएर अर्थतन्त्र सुधारका लागि नयाँ नीति ल्याउनुपर्ने बताए।

अर्थविद् प्याकुरलले नेपालमा पनि राजनीतिक दलहरूमा परिवारवादलाई छोड्न नसकेकोले साना भ्रष्टाचार मात्रै बाहिर आउने गरेको बताए। उनले ठूला भ्रष्टाचारका मुद्दाहरूको सुनुवाइ नहुँदा अर्बौं रुपैयाँ फ्रिज भइरहेको बताए।

‘पछिल्लो महिनाको कुरा गर्ने हो भने रेमिट्यान्स ७१/७२ अर्ब मात्रै थियो एक महिनामा। आजको मितिमा अर्थमन्त्रालयले हामीलाई दिएको सूचनाअनुसार ९१ अर्ब रेमिट्यान्स एक महिनामा आयो भनेर भनिएको छ। यो महिनैपिच्छे जाने हो भने यति उतारचढावहरू देखिन्छ, कुन प्रवृतिमा यो गइरहेको छ भनेर आँकलन गर्नलाई धेरै गाह्रो छ। सरकारमा भएका मुलभुत तीन अंगहरूमा पनि एकाकार भएको देखिँदैन। योजना आयोग एकातिर छ, राष्ट्र बैंक एकातिर छ, अर्थमन्त्रालय एकातिर छ' अर्थविद् प्याकुरेलले भने।

त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा यसको गम्भीर संकट देखिएको बताए। उनले भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भइसकेको बताए। अर्थविद् अधिकारीले नेपालको अर्थतन्त्रमा पनि धेरै अनिश्चितता आइसकेको भन्दै यसको अग्र पंक्तिमा श्रीलंका देखा परेको बताए।

अर्थविद् अधिकारीले भने ‘हामीलाई ग्लोवल्ली असर परिसक्यो। २००८ मा खास गरेर युरोप र अमेरिकाको अर्थतन्त्रमा असर गरेको थियो। अहिलेको अर्थतन्त्रले सबैलाई तपाई हामीलाई भ्याइसक्यो। हामी अहिले त्यतिबेला भन्दा १२ वर्षमा हामी पनि विश्व अर्थतन्त्रसित धेरै अत्यन्त अचाक्ली हुनुपर्ने भन्दा धेरै बढी निर्भर भयौँ। हामी अन्तरनिर्भर होइन कि परनिर्भर भयौँ। विश्वको अर्थतन्त्रमा अहिले आइएमएफको चिफकै कुरा मात्र होइन, कसैले पनि भोलि ठ्याक्कै यसो हुन्छ भनेर प्रेडिक्ट गर्न सक्ने, अनुमान गर्न सक्ने अवस्था छैन। त्यति अनिश्चितता आइसकेको हुनाले अब त्यसको प्रभाव विश्वमै पर्छ। त्यसको फ्रन्ट लाइनमा श्रीलंका देखिएको छ।’   

अर्थविद् अधिकारीले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य मन्त्रालयहरू मिलेर मौद्रिक नीतिबाट भएको नकारात्मक कुरालाई आर्थिक र वित्तिय नीतिबाट हस्तक्षेप गर्नुपर्ने सुझाव दिए। उनले विदेशबाट आउने विप्रेषण किन घट्यो भन्ने कुरा पत्ता लगाउन जरुरी रहेको बताए। 


प्रकाशित : मंगलबार, चैत २२ २०७८१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend