आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन

images
आइतबार, कात्तिक २५ २०८१
images
वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन
images
images

काठमाडौं- वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ। 

images
images
images

गोरखाको बुङकोटमा जन्मिएका ५५ वर्षीय वाग्ले बिरामी भएर हेम्स अस्पतालमा धुम्बाराहीमा उपचार गराइरहेका थिए। अस्पतालमा नै आइतबार साँझ ६:५८ मा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको साेमबार विहान पशुपति आर्यघाटमा दाह संस्कार गरिने भएकाे छ। 

images
images

तीन दशकदेखि पर्यटन व्यवसायमा आवद्ध वाग्लेले एक दर्जनभन्दा बढी कम्पनी चलाउँदै आएका थिए। उनका अप्सरा बुटिक होटल, ब्लु हाेराइजन लगायत आधा दर्जन होटल नै रहेका छन्। 

images
images

सन् १९९२ मा नेपाल भिजन ट्रेक्स कम्पनीबाट पर्यटन व्यवसाय सुरु गरेका वाग्लेको ट्राभल्स एक्सिडिसन होटलसमेत सञ्चालनमा छन्। भिजनसँगै वाग्लेका एक दर्जन ट्रेकिङ कम्पनी सञ्चालनमा रहेका छन्। 

खासगरी ठमेल क्षेत्रमा उनको ट्रेकिङ ट्राभलदेखि होटलसमेत सञ्चालनमा रहेका छन्। होटल संघ नेपाल हानका पूर्व सदस्यसमेत रहेका वाग्लेले गोरखा र धादिङका सयौँ स्थानीयलाई रोजगारी दिँदै आएका थिए। रोजगारीसँगै व्यवसायसमेत संचालनमा सहयोग गर्ने वाग्लेसँगै काम गर्ने सयौँ गाइड र सहयोगीहरुले अहिले आफ्नै कम्पनी सञ्चालन गर्दै आएका छन्।

कांग्रेस नेता चिरञ्जीवी वाग्लेका छोरा देवेन्द्र वाग्ले सक्रिय राजनीतिमा समेत होमिएका थिए। उनी कांग्रेसको महासमिति सदस्यसमेत थिए।


प्रकाशित : आइतबार, कात्तिक २५ २०८११९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend