शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

सिफलका गल्लीमा फर्काइएको प्राचीन काठमाडौं

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ८ २०८३
सिफलका गल्लीमा फर्काइएको प्राचीन काठमाडौं

घरका अगाडिका मोहडामा प्रयोग हुने दाछीअप्पा र काठका कलात्मक झ्यालहरू केवल सजावट होइनन्, यी पूर्खाको स्वाभिमान र काठमाडौंको आत्मा हुन्।

काठमाडौं- जीवन्त कला, संस्कृति र प्राचीन इतिहासको सङ्ग्रहालय हो। आधुनिकताको नाममा मौलिकता हराउँदै गएका बेला जयबागेश्वरी-सिफलमा पुरानै मोहडामा घर निर्माण गरेर संस्कृति जोगाउने काम भइरहेको छ। 

काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममार्फत भित्री सहरी क्षेत्र तथा सांस्कृतिक पदमार्गमा पर्ने घरहरूको अगाडिको मोहडा पुरानै नेवारी वास्तुकलाअनुसार निर्माण गरेमा निर्माण सामाग्री र काठको बुट्टाअनुसार निश्चित प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ। यसले स्थानीय तहमा घरधनीहरू स्वयं सम्पदा संरक्षणमा आकर्षित भएका छन्।

काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक, वडाध्यक्षहरू, शहरी विकास विभागका प्राविधिक तथा स्थानीय अगुवाहरूको उपस्थितिमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त क्षेत्रको अनुगमन तथा निरीक्षणसमेत गरिन्।

महानगरपालिका क्षेत्रभित्र प्राचीन सांस्कृतिक पहिचान र परम्परागत वास्तुकलालाई पुनर्जिवित गर्ने अभियानलाई तिब्रताका साथ अघि बढाइने डंगोलले अनुगमनका क्रममा बताइन्।

jayabageshwori (2).jpg

घरका अगाडिका मोहडामा प्रयोग हुने दाछीअप्पा र काठका कलात्मक झ्यालहरू केवल सजावट होइनन्, यी पूर्खाको स्वाभिमान र काठमाडौंको आत्मा हुन्।

सिफल तथा जयबागेश्वरी क्षेत्रमा पुरानै मौलिक शैलीमा घरका अगाडिका भाग निर्माण गरी भवन बनाइएका छन्। आधुनिक कङ्क्रिटको संरचना बनाउँदासमेत अगाडिको भागमा परम्परागत दाछीअप्पा इँटा, हस्तकलाले सजिएका काठका बुट्टेदार झ्याल, ढोका र झिङ्गटी छाना प्रयोग गरी सहरको मौलिक स्वरूप कायम राखिएको छ।

jayabageshwori (3).jpg

jayabageshwori (4).jpg

jayabageshwori (5).jpg

jayabageshwori (6).jpg


प्रकाशित : शुक्रबार, साउन ८ २०८३११:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend