बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाह

बिहीबार , साउन ७ २०८३
नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी-व्यवसायीसँग निरन्तर छलफल गरी उनीहरुका जायज माग सम्बोधन गर्दै आएका छन्।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्ने भएका छन्।

बिहीबार दिउँसो ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईँ, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन्।

यो नेपालमा जैविक (अर्गानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने संस्था हो।

प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी-व्यवसायीसँग निरन्तर छलफल गरी उनीहरुका जायज माग सम्बोधन गर्दै आएका छन्।


प्रकाशित : बिहीबार , साउन ७ २०८३१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend