सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

नेपाल एयरलाइन्सको वाइडबडी 'सी-चेक डी'का लागि इटाली पठाइयो

सोमबार, असार २९ २०८३
नेपाल एयरलाइन्सको वाइडबडी 'सी-चेक डी'का लागि इटाली पठाइयो

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी 'नाइन एन एलवाई अन्नपूर्ण' जहाज 'सी-चेक डी'का लागि इटाली पठाइको छ।

वाइडबीको 'सी-चेक सी' मा गम्भीर लापरबारी गरेको इटालियन एटिटेक एसपीएमै 'सी-चेक डी'का लागि जुलाई ७ मा पठाइएको हो।

जहाजमा कुनै ठूलो समस्या नदेखिए जहाज २० दिनमा फिर्ता दिने सम्झौताअनुसार इटाली पठाइएको निगमले जनाएको छ।

नाइन एन एलवाईको 'सी-चेक डी' सम्पन्न भएर नेपाल आएपछि अर्को 'नाइन एन एएलजेट मकालु' 'सी-चेक डी'का लागि इटाली पठाउने निगमको तालिका रहेको छ।

यसअघि उक्त कम्पनीसँग सम्झौता गर्दा कानूनी प्रक्रिया पूरा नगरेको भन्दै अध्ययन समितिले सच्चाउन सुझाव दिएको थियो।

कम्पनीले यसअघि २८ दिनमा जहाद दिने भनेपनि दुईवटै जहाजको 'सी-चेक डी'को काम गर्न ८० दिनभन्दा बढी समय लगाएको थियो।


प्रकाशित : सोमबार, असार २९ २०८३११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend