काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरधनी र कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक-इन अवधि आगामी साउन ३० गते सकिने भएको छ।
कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५ करोड १९ लाख ६८ हजार कित्ता सेयरमध्ये संस्थापक र कर्मचारीको गरी कुल ३ करोड ७१ लाख ५७ हजार १ सय २० कित्ता सेयर लक-इन अवधिमा रहेको थियो।
यो अवधि साउन ३० गते देखि सकिन लागेको हो। यस अन्तर्गत संस्थापकहरुको ३ करोड ६३ लाख ७७ हजार ६ सय कित्ता र कर्मचारीहरुलाई बाँडफाँड गरिएको ७ लाख ७९ हजार ५ सय २० कित्ता सेयरको लक-इन खुल्नेछ।
नियमानुसार कम्पनीका संचालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ। यस इन्स्योरेन्सको सेयर रजिष्ट्रार रिलायबल क्यापिटल लिमिटेड रहेको छ।