शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाटभटेनी सुपर स्टोर

शुक्रबार, असार २६ २०८३
भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाटभटेनी सुपर स्टोर

भाट-भटेनी सुपर मार्केट प्रालिले मोरङको विराटनगरस्थित आफ्नो सुपर स्टोर शनिबार (असार २७) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने घोषणा गरेको छ। केही समय बन्द रहेको उक्त स्टोर पुनः सञ्चालनमा आउन लागेको कम्पनीले जनाएको हो।

काठमाडौं- भाट-भटेनी सुपर मार्केट प्रालिले मोरङको विराटनगरस्थित आफ्नो सुपर स्टोर शनिबार (असार २७) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने घोषणा गरेको छ। केही समय बन्द रहेको उक्त स्टोर पुनः सञ्चालनमा आउन लागेको कम्पनीले जनाएको हो।

कम्पनीले शुक्रबार मिडियामार्फत जारी गरेको सूचनामा शनिबारदेखि स्टोरले नियमित रूपमा ग्राहकलाई सेवा दिन सुरु गर्ने उल्लेख गरेको छ। भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार पुनः सञ्चालनपछि स्टोर दैनिक रूपमा नियमित समयअनुसार खुला रहनेछ र ग्राहकले आवश्यक सबै प्रकारका उपभोग्य वस्तु तथा सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

कम्पनीले ग्राहकको सुविधा, सहज किनमेल अनुभव तथा गुणस्तरीय सेवाप्रति आफ्नो प्रतिबद्धता यथावत् रहेको जनाएको छ। आधुनिक सुविधा, फराकिलो किनमेल वातावरण र गुणस्तरीय उत्पादनमार्फत ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ स्टोर पुनः सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।

bhatbhateni 2.jpg

भाटभटेनीले विराटनगरका ग्राहक, शुभेच्छुक तथा सरोकारवालाले पुनः सञ्चालनसम्म देखाएको धैर्यता, विश्वास र निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि ग्राहकको विश्वासलाई कायम राख्दै सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।

भाटभटेनी सुपर मार्केट देशकै सबैभन्दा ठूलो खुद्रा व्यापार शृंखलामध्ये एक हो। काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख सहरमा यसको सुपर स्टोर सञ्चालनमा छन्। विराटनगर स्टोर पुनः सञ्चालनसँगै पूर्वी नेपालका उपभोक्ताले पुनः एकै स्थानबाट दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्री, घरेलु उपकरणलगायतका सामग्री खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : शुक्रबार, असार २६ २०८३१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend