बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

कामना सेवा विकास बैंकद्वारा जन ज्योति मावीलाई शैक्षिक सामग्री सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २५ २०८३
कामना सेवा विकास बैंकद्वारा जन ज्योति मावीलाई शैक्षिक सामग्री सहयोग

एक कार्यक्रमका बीच बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालयका शिक्षक-अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई उक्त सामग्रीहरू हस्तान्तरण गरे।

नवलपरासी- नवलपरासी कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासीको देवचुली नगरपालिका-१५ स्थित जन ज्योति माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री तथा उपकरणहरू सहयोग गरेको छ। बैंकले विद्यालयमा अभिभावक प्रतीक्षा स्थल निर्माणमा समेत सहयोग पुर्‍याएको छ।

एक कार्यक्रमका बीच बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालयका शिक्षक-अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई उक्त सामग्रीहरू हस्तान्तरण गरे।

बैंकले विद्यालयलाई एक थान वाटर डिस्पेन्सर (पानी फिल्टर गर्ने उपकरण), एक थान सुझाव पेटिका, २० थान प्लाष्टिकका कुर्चीहरू तथा विद्यालयका लागि आवश्यक सेतो पाटी (वाइटबोर्ड) हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण गर्दै नारायणगढ क्षेत्र प्रमुख भण्डारीले विद्यालयमा आउने अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिहरूका लागि व्यवस्थित, सम्मानजनक र सहज वातावरण निर्माण होस् भन्ने उद्देश्यले बैंकले प्रतीक्षा स्थल र अन्य आवश्यक सामग्री सहयोग गरेको बताए।

सहयोग ग्रहण गर्दै शिक्षक-अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईले बैंकप्रति धन्यवाद ज्ञापन गरे । यो सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न ठूलो मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।

उक्त हस्तान्तरण कार्यक्रममा कामना सेवा विकास बैंकका कर्मचारीहरू, जन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो । 

बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रकाशित : बिहीबार , असार २५ २०८३१५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend