बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम सरकारले तत्काल फिर्ता लिनुपर्छ : हरिनादेवी कामी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २५ २०८३
सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम सरकारले तत्काल फिर्ता लिनुपर्छ : हरिनादेवी कामी

सांसद कामीले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जवाफदेही नभएको भन्दै आक्रोशसमेत व्यक्त गरिन्।

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेको सुकुम्बासीहरुलाई पाँच दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्।

बिहीबार प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै उनले सरकारले सुकुम्बासीहरुको समस्या समाधानका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्ने पनि बताइन्। 

सरकारले सुकुम्बासीहरुको समस्या नगद बाँडेर अस्थायी रुपमा समाधान गर्न खोज्न नहुने सांसद कामीको भनाइ छ। उनले उनीहरुलाई सुरक्षित आवाससहितको व्यवस्था सरकारले गर्नुपर्ने बताइन्।

सांसद कामीले भनिन् '५ दिन भित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम फिर्ता लिइयोस्। लगतबाट छुटेका वास्तविक सुकुम्बासीको निष्पक्ष पहिचान गरी उनीहरुलाई पनि सम्मानसहित राहतको व्यवस्था गरियोस्। अर्का अस्थायी रुपमा नगद बाँडेर जिम्मेवारीबाट पन्छिने होइन, उनीहरुलाई सुरक्षित आवास र दीर्घकालीन समाधानको कार्ययोजना तत्काल सार्वजनिक गरियोस्।’

सांसद कामीले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जवाफदेही नभएको भन्दै आक्रोशसमेत व्यक्त गरिन्।

यस्तै नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाइन्।

सुकुम्बासीलाई सडकमा धकेल्दा उनीहरुको मानव अधिकार हनन हुन्छ कि हुँदैन? भनि उनले सरकारलाई प्रश्न गरिन्। सांसद बरालले सुकुम्बासीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराइन्।


प्रकाशित : बिहीबार , असार २५ २०८३११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend