मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

कुरियर सेवालाई पनि हुलाकजस्तै अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न व्यवसायीको माग

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १६ २०८३
कुरियर सेवालाई पनि हुलाकजस्तै अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न व्यवसायीको माग

नेपालको निर्यात क्षेत्रमा ६० प्रतिशतभन्दा बढी काम गरेको कुरियर सेवालाई भन्सारमा काम गर्नका लागि उचित व्यवस्थासमेत नभएको गुनासो पनि गरे।

काठमाडौं- कुरियर व्यवसायीहरुले कुरियर सेवालाई अत्यावश्यक सेवाको रुपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार हुलाक सेवा विभागले काठमाडौंमा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिलराज भट्टराईले उक्त माग गरेका हुन्।

उनले आफूहरुलाई सञ्चार मन्त्रालयअन्तर्गत राखिएको हो कि उद्योग मन्त्रालतअन्तर्गत हो भन्ने विषयमा पनि स्पष्ट हुनेगरी कानूनी व्यवस्था गर्न सरकारलाई सचेत गराए।

हुलाक सेवाजस्तै अत्यावश्यक सेवा हो भन्ने कुरालाई मनन गरेर सरकारले तत्काल कुरियर सेवा पनि त्यसमा वर्गीकरण गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ थियो।

उनले नेपालको निर्यात क्षेत्रमा ६० प्रतिशतभन्दा बढी काम गरेको कुरियर सेवालाई भन्सारमा काम गर्नका लागि उचित व्यवस्थासमेत नभएको गुनासो पनि गरे।

अध्यक्ष भट्टराईले सरकारले आफूहरुको मागको सुनुवाइ नगरेको भन्दै सरकारको आलोचना पनि गरे।

‘हामीले कुरियर सेवालाई कुनै समयमा संचार अन्तर्गत भन्ने छ। तर हामी हुलाक ऐन अन्तर्गत छौँ। अब कहिले कुनै समस्या पर्‍यो जस्तो कि कोरोनाको टाइममा हामीलाई पासको समस्या पर्‍यो। सञ्चार मन्त्रालयमा गयौँ, होइन तिमीहरुको सञ्चार मन्त्रालयका जाउ, उद्योगमा गयो भने होइन उद्योगको होइन, सञ्चारमा जाउ भन्ने यस्तो किसिमको छ। कुरियर सेवा पनि हुलाक सेवाजस्तो अत्यावश्यक सेवामा वर्गीकरण गरेर यसलाई चौविसै घण्टा आवतजावत गर्न दिनु पर्दछ' उनले भने। 

आफूहरूले अति संवदेनशील भ्याक्सिनहरु, अति संवेदनशील सामानहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरियर गर्ने बताउँदै उनले भने, 'यसले निर्यातमा पनि धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसभन्दाअघिको अर्थमन्त्रीले त भन्सारमा पनि गएर हेर्नु भएको थियो। कुरिएरले निर्यातको काम ६० प्रतिशत भन्दा बढी धानिराखेको छ। त्यति धेरै महत्वपूर्ण काम हुँदा हुँदा पनि एयरपोर्टमा हामीलाई व्यवस्थित भएन।’

अध्यक्ष भट्टराईले कुरियर सेवा संवेदनशील सेवा पनि भएकाले यस्ता सामग्रीहरुको आवातजावत चौबिसै घण्टा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। 


प्रकाशित : मंगलबार, असार १६ २०८३१४:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend