बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नाट्टा अध्यक्षमा रमेश थापा विजयी

बिहीबार , चैत १७ २०७८
नाट्टा अध्यक्षमा रमेश थापा विजयी

काठमाडौं- नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन्।

बिहीबार भएको निर्वाचनको मत परिणाम अनुसार थापा बिजयी भएका छन्। उनले प्रतिद्वन्द्वी बिनय बस्नेतलाई पराजित गरेका हुन्।

निर्वाचनका लागि दुई समुहबीच प्रतिस्पर्धा भएको थियो।नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए। 

मनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक थापा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय छन्। 

अरु पदाधिकारी तथा सदस्य पनि थापा प्यानलबाट बिजयी भएका छन्। 

थापाको प्यानलबाट उम्मेद्वारी दिएका वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा विजयी भएका छन्।   सहकोषाध्यक्षमा भने वस्नेत प्यानलबाट गीता ढकाल रेजु विजयी भएकी छन्। सदस्यमा पनि एकजना बाहेक सबै थापा प्यानलबाटै विजयी भएका छन्।


प्रकाशित : बिहीबार , चैत १७ २०७८१९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend