आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १४ २०८३
सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १ सय ४५ रुपैयाँले बढेको हो।

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १ सय ४५ रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३ सय २५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार एक तोला सुन  दुई लाख ७९ हजार १ सय र चाँदी चार हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 


प्रकाशित : आइतबार, असार १४ २०८३११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend