शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ५ २०८३
विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतीले स्वीकृत गरेको छ।

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ।

बैठकमा सांसद खडकबहादुर बुढाले राखेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको छ।

त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ।

सांसद नीता घतानीले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस’ भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतीले अस्वीकृत गरेको छ।

त्यसपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी गरेको प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ।

सांसद आरेन राईले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस’ भनी राखेको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो।

त्यसपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी गरेको प्रस्तावलाई बैठकले सवसम्मतीले स्वीकृत गरेको थियो।

सांसद कृपाराम रानाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो।

त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतीले स्वीकृत गरेको थियो।

प्रतिनिधिसभाको अर्काे बैठक यही असार ११ विहान ११ बजे बस्नेछ।


प्रकाशित : शुक्रबार, असार ५ २०८३१५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend