काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य आज तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन २ लाख ९७ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मुल्य पनि घटेको छ। आज चाँदीको मुल्य तोलामा ३ सय ५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।