बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भ्याट छलीको आरोपमा भारतीय नागरिकविरुद्ध मुद्दा, बिल बिनै कारोबार नगदजति घरमा राखेको आरोप 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
भ्याट छलीको आरोपमा भारतीय नागरिकविरुद्ध मुद्दा, बिल बिनै कारोबार नगदजति घरमा राखेको आरोप 

बिगो बराबरको जरिवाना र सजाय माग दाबी गर्दै विभागले मुद्दा दर्ता गराएको हो। 

काठमाडौं- राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर छली गरेको आरोपमा एक भारतीय नागरिकविरुद्ध मुद्दा दायर गरेको छ। 

विभागले भारत पश्चिम बंगाल, सिलगुडी थाना स्थायी ठेगना भइ हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलमा बसोबास गर्ने विमला ईण्टरनेशनलका  सञ्चालक अमितकुमार अग्रवालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो। 

अग्रवालले कानूनले निर्देशित गरेको व्यवस्थाविपरीत गएर बिल बिनाको कारोबार गरेको, नगद कारोबार गरी नगद जति घरमै राख्ने गरेको अनुसन्धानबाट पत्ता लागेको विभागले जानकारी दिएको छ। 

बिल बिजक जारी नगरी अवैध कारोबार गर्दै अग्रवालले ३ करोड १७ हजार ९९ रुपैयाँ मूल्य अभिवृद्धि कर र ८० लाख १४ हजार ७५३ रुपैयाँ आयकर छली गरेको भन्दै विभागले ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गराएको हो। 
 
बिगो बराबरको जरिवाना र सजाय माग दाबी गर्दै विभागले मुद्दा दर्ता गराएको हो। 


प्रकाशित : बुधबार, चैत १६ २०७८०८:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend