बिहीबार , जेठ ३ गते २०८१    
images
images

खानेपानी सुविधाले फेरियो दैनिकी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
images
images
खानेपानी सुविधाले फेरियो दैनिकी

बेनी नगरपालिकाको तीन लाख अनुदानमा गत आर्थिक वर्ष २०७७/७८ मा लामगराका ३१ घरमा मिटर जडित निजी धारा निर्माण र पुरानो मुहान तथा वितरण प्रणाली सुधार गरिएको थियो । 

images
images

रत्नेचौर (म्याग्दी)- म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासीको दैनिकी फेरिएको छ । 

images
images
images

खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत, सरसफाइमा सहयोगका साथै दैनिकी फेरिएको हो । बेनी नगरपालिका–१ लामगराकी इन्द्र घर्तीले आँगनमै धारा बनाएपछि गाग्री, ग्यालिन र बाल्टीमा सार्वजनिक धाराबाट पानी ल्याउँदा हुने समयको बचत र दुःख हटेको बताए।  

images

'पहिले सार्वजनिक धाराबाट छिमेकमा पालो लगाएर पाइपमा पानी ल्याएर उपभोग गरिएको थियो', उनले भने,'आँगनमै मिटर जोडेको धारा बनाएपछि आवश्यक परेको समयमा सहजै पानी प्रयोग गर्न पाएका छौँ।'

images
images

बेनी नगरपालिकाको तीन लाख अनुदानमा गत आर्थिक वर्ष २०७७/७८ मा लामगराका ३१ घरमा मिटर जडित निजी धारा निर्माण र पुरानो मुहान तथा वितरण प्रणाली सुधार गरिएको थियो । 

images
images

झाँत्रीथान, नर्सरी, जलकुनेको मुहानको पानीलाई एकीकृत गरेर स्थानीयवासीको थप रु तीन लाख बराबरको श्रमदान र लागत साझेदारीमा निजी धारा जडान पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष हेमराज शर्माले बताए। 

बेनपा–१ का वडाध्यक्ष टेकबहादुर रावलका अनुसार दलित समुदायको बाहूल्यता रहेको सालघारीमा   ११ लाख अनुदान सहयोगमा ६० घरमा निजी धारा निर्माण, पुरानो ट्याङ्की र वितरण प्रणालीलाई व्यवस्थित गरिएको थियो । त्यस्तै ६२२ घरधुरी रहेको रत्नेचौरका सबै बस्तीमा निजी धारासहितको खानेपानी सुविधा विस्तारका लागि आयोजना सञ्चालन गरिएको छ। 

सारेमारेका ३० र सिमका २७ वटा घरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण भइसकेको छ । आनन्दबगरमा निजी धारासहितको खानेपानी योजना निर्माण गर्न चालु आर्थिक वर्षमा  पाँच लाख बजेट विनियोजन भएको छ । 

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले दुई वर्षअघि सुरु गरेको रत्नेचौर लिफ्ट खानेपानी आयोजनाले गति लिनसकेको छैन् । प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते दुई करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्की लगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको निजी धारा निर्माण अन्तिम चरणमा पुगे पनि ट्याङ्की, इनार, मुख्य पाइपलाईन विस्तारमा ढिलासुस्ती भएको स्थानीयवासी कृष्ण बोगटीले बताए।  उपभोक्ता समितिले गर्नुपर्ने काम भएपनि ठेकेदारले ढिलासुस्ती गरेको उनले बताए।   

सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौरसालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी ४५० मिटरमाथि सालघारीमा निर्माण हुने ११५ क्यूविक क्षमताको ट्याङ्कीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गरिने भएको छ । घर–घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कूल दूरी १८.७ किलोमिटर छ । रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजनाको संरचना जीर्ण र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन नसकेपछि नयाँ लिफ्ट प्रविधिको योजना सुरु गरिएको हो । रासस

images

प्रकाशित : बुधबार, चैत १६ २०७८०७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend