बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बुधबार पनि घट्यो सुनको मूल्य 

बुधबार, चैत १६ २०७८
बुधबार पनि घट्यो सुनको मूल्य 

बुधबारका लागि चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ।

काठमाडौं- बुधबारमा पनि सुनको मूल्य घटेको छ। मंगलबार १३ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला ४ सय रुपैयाँ घटेको हो।

बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, चैत १६ २०७८०५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend