काठमाडौं- दोस्रोपटक गृहमन्त्रीमा पुनः प्रवेश गरेका सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने निर्णय गरेका छन्।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
यसअघि पनि २७ दिनसम्म गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङ त्यस अवधिमा सम्पत्ति स्रोतसम्बन्धी विवादका कारण छानबिनको दायरामा परेका थिए। उनी गोरखा–१ बाट निर्वाचित सांसद हुन्।
नयाँ कार्यकाल सुरु गरेसँगै उनले दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने निर्णय गरेका छन्, जसलाई राजनीतिक रूपमा अत्यन्त संवेदनशील कदमका रूपमा हेरिएको छ।
