सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

विश्व वातावरण दिवसमा सिटिजन्स बैंकद्वारा वृक्षारोपण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २५ २०८३
विश्व वातावरण दिवसमा सिटिजन्स बैंकद्वारा वृक्षारोपण

काठमाडौं- विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘जलवायु कार्य’लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौं- विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘जलवायु कार्य’लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २३ गते शनिबारका दिन काठमाडौंको बूढानीलकण्ठस्थित चौकिडाँडा पर्यटकीय पार्कमा यो कार्यक्रम आयोजना गरेको हो।

वातावरण संरक्षण र वनस्पति जोगाउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा रहेको उक्त पार्कमा मात्रै करिब २ सय ५० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। बैंकले यस कार्यलाई काठमाडौँमा मात्र सीमित नराखी देशव्यापी रूपमा विस्तार गरेको छ। जस अन्तर्गत कोशी प्रदेशमा २ सय, मधेस प्रदेशमा २ सय ५०, गण्डकी प्रदेशमा २ सय, लुम्बिनी प्रदेशमा २ सय , कर्णाली प्रदेशमा २ सय  र सुदूरपश्चिम प्रदेशमा २ सय  गरी देशका विभिन्न प्रदेशहरूमा कुल १५ सय वटा बिरुवा रोपण गरिएको बैंकले जनाएको छ।

उक्त मुख्य कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बूढानीलकण्ठ वडा नम्बर १ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन र कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिने प्रत्येक बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले सिटिजन्स बैंकले वित्तीय सेवा मात्र प्रदान नगरी सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत संस्कृतिको अभिन्न अङ्गका रूपमा लिएको र आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। बैंकले यसअघि पनि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन र सामुदायिक विद्यालयहरूलाई सहयोग गरिसकेको छ।

विश्वकै प्रतिष्ठित पुरस्कार 'बैंक अफ द इयर २०२४' र 'बैंक अफ द इयर २०२५' को उपाधि प्राप्त गर्न सफल यस बैंकले प्रविधि र सेवामा पनि नयाँपन ल्याउँदै आएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' नामक डिजिटल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवाहरूलाई लक्षित गरी 'सिटिजन्स जेन-जी सेभिङ एकाउन्ट' र 'सिटिजन्स डिजि बैंक सेवा' नामक एकीकृत अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ।

त्यस्तै, फ्रिलान्सर (स्वतन्त्र रूपमा काम गर्ने व्यक्ति) हरूलाई लक्षित गरी विशेष 'फ्रिलान्सर सेभिङ एकाउन्ट' नामक नयाँ बचत खाता सुरु गरिएको छ। यसका साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन दिन र सी-आस्बा  नम्बर लिन सकिने सुविधा तथा क्रस बैंक टेलर सुविधा समेत ल्याइएको छ।

 यो क्रस बैंक टेलर सुविधा अन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर कोड स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन्। सिटिजन्स बैंकले देशैभरिका ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १६७ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइहरूबाट २० लाख २८ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।


प्रकाशित : सोमबार, जेठ २५ २०८३१४:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend