सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

सप्तकोशी डेभलपमेन्ट बैंकले असार १४ गते बोलायो साधारणसभा, मर्जर प्रस्ताव पारित गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २५ २०८३
सप्तकोशी डेभलपमेन्ट बैंकले असार १४ गते बोलायो साधारणसभा, मर्जर प्रस्ताव पारित गर्ने

विराटनगर- नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त संस्था सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

विराटनगर- सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ। 

बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उक्त साधारणसभा आगामी असार १४ गते आइतबार विराटनगरको मुनालपथस्थित होटल रुविजमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो।  

बैंकको साधारणसभा प्रयोजनका लागि  असार २ गतेदेखि असार १४ गतेसम्म सेयर दाखिला खारेज बुक क्लोज रहने छ। जसअनुसार असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई असार ५ गतेभित्र बैंकको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा प्राप्त सेयरधनी किताबमा दर्ता कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन, छलफल तथा मतदान गर्न पाउनेछन्।  

सभाको विशेष प्रस्ताव अन्तर्गत बैंकले उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासँग एक-आपसमा गाभ्ने वा गाभिने (मर्जर) तथा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउने विषयलाई प्राथमिकतामा राखेको छ। यसका लागि चल-अचल सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने र मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण आवश्यक कार्यहरू गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत सभामा पेश गरिने छ। 

उक्त साधारणसभामा बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका प्रतिवेदनहरू प्रस्तुत गरी पारित गर्नेछ।


प्रकाशित : सोमबार, जेठ २५ २०८३१४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend