सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले घट्यो

सोमबार, जेठ २५ २०८३
सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले घट्यो

आइतबार एक तोला चाँदीको मूल्य ४ हजार ८ सय ९५ रुपैयाँ रहेकोमा आज सोमबार १० रुपैयाँले बढेको हो।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा झरेको छ। यस्तै चाँदीको मूल्य बढेर ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख ८ हजार रुपैयाँ कायम भएको थियो। आइतबारको तुलनामा आज सोमबार मूल्य ८ हजार १ सय रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार एक तोला चाँदीको मूल्य ४ हजार ८ सय ९५ रुपैयाँ रहेकोमा आज सोमबार १० रुपैयाँले बढेको हो। 

यस्तै गत शुक्रबार एक तोला सुन ३ लाख ९ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : सोमबार, जेठ २५ २०८३११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend