काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले राष्ट्रिय चिट्ठाबाट जनतालाई लखपति बनाउने योजना ल्याएको बताएका छन्।
'राष्ट्रिय चिट्ठा आउँदै छ अब, हरेक भ्याट बिल नै अटोमेटिक लट्री टिकट बन्दै छ। हरेक दिन हामी लखपति बनाउँछौँ। हरेक दिन एक-दुई जना लखपति हुनुहुन्छ। रेमिटेन्स पठाउनेहरूलाई पनि त्यो सिस्टम छ। अस्ति बजेट स्पिचमै आएको छ' बजेटपछिको पत्रकार सम्मेलनमा उनले भने।
'मेरो बिल दिनुस्' भन्ने संस्कार बसाएर भ्याटलाई स्ट्रेन्थर्न गर्न यसो गरिएको उनको भनाइ छ। 'कस्टम्स र अन्तःशुल्कको इन्फोर्समेन्ट जस्ता यी सारा गरेर उपभोगमा रणनीति चाहिँ थोपा-थोपा उपभोग। कसैले १ रुपैयाँ, कसैले २ रुपैयाँ गरेर संकलित गरेर आयमा ठ्याक्कै घटाइयो, ताकि यहाँका युवाहरूलाई देशमा अड्याउन पनि सकियोस्' उनले भने।
'अहिले हामीले गरेको निर्णय, यो अर्को दुई-तीन वर्षको लागि के हो भने आयमा लिबरल इन्कम ट्याक्सको विषयमा कन्जम्सन ट्याक्सलाई चाहिँ ब्रोड-बेस्ड गरौँ। सबैलाई ट्याक्सको नेटमा लिएर आऊँ, इन्सेन्टिभाइज गरौँ' उनले भने।