आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

चालु आवको ९ महिनामा ४ सय १३ किमि सडक कालोपत्र

बुधबार, जेठ १३ २०८३
चालु आवको ९ महिनामा ४ सय १३ किमि सडक कालोपत्र

त्यस्तै ७ हजार ६ सय २ किलोमिटर ग्रावेल र ८ हजार ७ सय ४८ किमि कच्ची सडक निर्माण भएको छ। यसअनुसार सडकको देशभर निर्मित सडकको लम्बाइ ३६ हजार ८ सय ६ किमि पुगेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ५६ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण भएको छ।

बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुन मसान्तसम्ममा कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ।

त्यस्तै ७ हजार ६ सय २ किलोमिटर ग्रावेल र ८ हजार ७ सय ४८ किमि कच्ची सडक निर्माण भएको छ। यसअनुसार सडकको देशभर निर्मित सडकको लम्बाइ ३६ हजार ८ सय ६ किमि पुगेको छ। 

२०८२ असार मसान्तसम्म २० हजार ४३ किमि कालोपत्र, ७ हजार ५ सय ११ किमि ग्राभेल र ८ हजार ६ सय ७२ किमि कच्ची सडकसहित सडकको लम्बाइ ३६ हजार २ सय २६ किमि रहेको थियो।

स्थानीय पूर्वाधारअन्तर्गत ९ महिनामा ७ किलोमिटरमात्र सडक विस्तार भएको छ। असार २०८२ देखि फागुन २०८२ सम्म जम्मा ७ किमि सडक विस्तार भएको बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ मा उल्लेख छ। असार २०८२ सम्म ६८ हजार ९३ किमि सडक विस्तार भएको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म थप ७ किमि विस्तार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। योसहित ६८ हजार १ सय किमि सडक विस्तार भएको सर्वेक्षणमा उल्लेख छ।


प्रकाशित : बुधबार, जेठ १३ २०८३१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend