काठमाडौं- वार्षिक बिन्दुगत आधारमा २०८२ फागुनसम्मा बैंक तथा वित्तीय क्षेत्रको निक्षेप १५.१ प्रतिशतले बढेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा पेस गर्दै बैंकिङ क्षेत्रमा रहेको पर्याप्त तरलताका बाबजुद निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर ६.७ प्रतिशत मात्र रहेको जानकारी गराएका छन्।
चालू आर्थिक वर्षको फागुनसम्म डिजिटल भुक्तानीमा उल्लेखनीय सुधार हुँदै क्युआर कारोबार १ खर्ब २५ अर्ब नाघेको समेत वाग्लले बताए।