आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १३ २०८३
स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीका लागि सूचना जारी गरेको छ।

काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीका लागि सूचना जारी गरेको छ। 

संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले प्रक्रिया अघि बढाएको हो।

कम्पनीले कुल १७ हजार २ सय २७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइए पनि तोकिएको समयमा निवेदन नआएपछि अब इच्छुक अन्य लगानीकर्ताबाट आवेदन आह्वान गरिएको छ।

सूचनाअनुसार इच्छुक व्यक्तिले ३५ दिनभित्र आवश्यक कागजातसहित बनेपा-५ स्थित केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ।

 


प्रकाशित : बुधबार, जेठ १३ २०८३१२:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend