काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि भने २ लाख ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ५ हजार ८० रुपैयाँ निर्धारण भएको छ।