आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १३ २०८३
कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज जेठ १३ गतेअन्तिम दिन रहेको छ।

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज जेठ १३ गतेअन्तिम दिन रहेको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले कुल जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये स्थानीय बासिन्दाका लागि १४ लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५० हजार कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९५ हजार कित्ता र कर्मचारीहरूका लागि १ लाख ५ हजार कित्ता शेयर यसअघि नै सुरक्षित गरी बाँडफाँट भइसकेको छ। अहिले सर्वसाधारणका लागि भने बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य पर्ने २८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरिएको हो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।  केयर रेटिङ नेपालले यस कम्पनीलाई 'केयरएनपी डबल बी इस्यूअर रेटिङ' प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो सेयर' अनलाइन सफ्टवेयर प्रयोग गरेर पनि सहजै आवेदन दिन सकिने व्यवस्था रहेको छ।


प्रकाशित : बुधबार, जेठ १३ २०८३१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend