काठमाडौं- स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५ सय रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको थियो।
आईपीओमा ७७ हजार ८सय १२ जना आवेदकले १०-१० कित्ताका दरले सेयर पाएका छन्। सोहि मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पारेका हुन् ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।