सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

२६ दिनदेखि 'फ्यानकवल' ल्याउन नसक्दा वाइडबडी ग्राउन्डेड, दैनिक १ करोड ५० लाख आम्दानी गुमाउँदै

नेतृत्व विहीन हुँदा एक साता काम नै प्रभावित

आइतबार, जेठ १० २०८३
२६ दिनदेखि 'फ्यानकवल' ल्याउन नसक्दा वाइडबडी ग्राउन्डेड, दैनिक १ करोड ५० लाख आम्दानी गुमाउँदै

विभागीय प्रमुखहरु सिधै खरिदको निर्णय गर्न डराए। एकैपटक निगगमा नियुक्ती लिएका सञ्चालक तथा निमित्त महाप्रबन्धक अमृत मान श्रेष्ठको पद गएको थियो।

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को एउटा वाइडबडी जहाज २६ दिनदेखि ग्राउन्डेड छ। ग्राउन्डेड जहाज कहिलेबाट उडानमा आउने अझै निश्चित भएको छैन।

अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी भएपनि अहिले एउटा मात्रै उडानमा छ। कल साइन नाइनएन एएलवाई वाइडबडी अप्रिल २९ तारिकदेखि ग्राउन्डेड छ। जहाज जापानको नारिताबाट काठमाडौं आउँदै गर्दा आकाशमै चट्याङ लाग्यो। 

इन्जिनको फ्यानकवल (इन्जिन कभर)मा असर पर्‍यो। जहाज अवतरण लगत्तै निगमले एयरबस कम्पनी र इन्जिन निर्मात कम्पनीलाई जहाजको विषयमा जानकारी गरियो। एयर बस र इन्जिन निर्मात कम्पनीले फ्यानकवल परिवर्तन नगरी जहाज उडान गर्न नमिल्ने जानकारी गरायो। त्यसपछि जहाज ग्राउन्डेड भयो।

किनकी निगमसँग जगेडा फ्यानकवल थिएन। जहाज ग्राउन्डेड भएयता निगमले फ्यानकवल खरिद प्रक्रियासमेत अगाडि बढाउन सकेको छैन। 

विभागीय प्रमुखहरु सिधै खरिदको निर्णय गर्न डराए। एकैपटक निगगमा नियुक्ती लिएका सञ्चालक तथा निमित्त महाप्रबन्धक अमृत मान श्रेष्ठको पद गएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा मन्त्रीले कसैलाई जिम्मेवारी दिएका थिएनन्।  

जहाज लामैसमय ग्राउन्डेड हुने खैलाबैला सुरु भयो। जहाज ग्राउन्डेड भएको एक साता पछिमात्रै पर्यटन मन्त्री खडकराज पौडेलले मन्त्रिस्तरीय निर्णयबाट जनक कालाखेतीलाई कामु जिम्मेवारी दिए। त्यसपछि मात्रै फ्यानकवल खरिद प्रक्रिया अगाडि बढेको थियो।

जसतसो निगमले फ्यानकवल त पायो तर नेपाल ल्याउन सकेन। किनकी कुनै पनि जहाजमा काग्रो गरेर ल्याउन मिल्ने थिएन। सामान ६१ किलोको भएपनि काग्रो मार्फत ल्याउन मिल्ने थिए।

अर्को पक्ष काग्रो जहाज नै चार्टर गरेर ल्याउनु पर्ने थियो। तर निगमले काग्रो जहाज चार्टरमा ७-८ लाख रुपैयाँ लाग्ने भन्दै पन्छियो। जहाज नै लगेर हालेर ल्याउन पनि जहाज उडानमा प्रतिबन्ध लागेको थियो। जसका कारण सामान अहिले नाकामै रोकिएको निगम स्रोतको दाबी छ।

विभागीय मन्त्रालय र व्यवस्थापनको लापरबाहीका कारण जहाज २६ दिन देखि ग्राउन्डेड भएको छ। एक दिन मात्रै वाइडबडी ग्राउन्डेड हुँदा न्यूनतम १ करोड ५० लाख आम्दानी गुम्छ। २६ दिन जहाज ग्राउन्डेड हुँदा ३९ करोड आम्दानी गुमिसकेको छ।  जहाजको आम्दानी मात्रै उडेको छैन।

वाइडबडीबाट उडान हुने कतिपय गन्तब्यको उडान कटौती गरिएको छ भने कतिपय गन्तब्यमा न्यारोबडीबाट उडान गरिएको छ। यसबाट समेत निगमको आम्दानी घटेको छ। 


प्रकाशित : आइतबार, जेठ १० २०८३१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend