सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

नेप्स परिसूचक १६ अंकले बढ्यो, ४ अर्ब ४९ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ८ २०८३
नेप्स परिसूचक १६ अंकले बढ्यो, ४ अर्ब ४९ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ३६ कम्पनीको  १ करोड ८ लाख ८८ हजार ७ सय ३९ कित्ता सेयर ५४ हजार ४ सय ९७ पटक किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १२.३६ अंकले बढेर  २७४२.११ मा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ३६ कम्पनीको  १ करोड ८ लाख ८८ हजार ७ सय ३९ कित्ता सेयर ५४ हजार ४ सय ९७ पटक किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड १४.८१ प्रतिशतले बढेको छ। 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ४३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा अन्य बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२९ प्रतिशत बढेको छ।

प्रकाशित : शुक्रबार, जेठ ८ २०८३१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend