काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार सुनको मूल्य तोलाको १ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख ९३ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदी तोलाको ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।