काठमाडौं- बिहानको अलार्मदेखि रातिको सिनेमासम्म आजभोलि हाम्रो दैनिकी इन्टरनेटको वरिपरि घुम्न थालेको छ। अनलाइन गेमिङ, कार्यालयका भिडियो कन्फ्रेन्स, फोरके भिडियो स्ट्रिमिङ र घरका स्मार्ट उपकरण, यी सबै चल्न अब सामान्य इन्टरनेटले मात्र धान्न छाडेको छ। इन्टरनेट केवल वेबसाइट ब्राउज गर्ने माध्यम मात्र रहेन यो त हाम्रो जीवनशैलीको एउटा अभिन्न हिस्सा बनिसकेको छ।
बदलिँदो डिजिटल आवश्यकता र उपभोक्ताको आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले वाईफाई सिक्स प्रविधिमा आधारित ‘वर्ल्डलिंक सिक्स जी’ सेवा विस्तार गरिरहेको छ। पूराना वाईफाई प्रविधिले बढ्दो डिजिटल माग धान्न कठिन भइरहेका बेला कम्पनीले ल्याएको यो नयाँ पुस्ताको वायरलेस नेटवर्किङ समाधानले नेपाली घरहरूलाई स्मार्ट बनाउने लक्ष्य राखेको छ।
के हो वाईफाई सिक्स र किन आवश्यक छ हाम्रो जीवनशैलीमा?
प्रविधिको भाषामा भन्नुपर्दा यो वाईफाईको अत्याधुनिक संस्करण हो तर आम उपभोक्ताका लागि भने यो इन्टरनेट अनुभवमा आउने एउटा ठूलो गुणात्मक फड्को हो। यो प्रविधि विशेषगरी धेरै लामो समय इन्टरनेटमा बिताउने र उच्च डेटा खपत गर्ने प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो।
घरमा एकैसाथ मोबाइल, स्मार्ट टीभी, ल्यापटप, सीसीटीभी र स्मार्ट स्पिकर चल्दा इन्टरनेट स्लो हुने समस्याबाट धेरैजना ग्रसित हुन्छन्। वाईफाई सिक्स मा प्रयोग गरिएको ओएफडीएमए र एमयू-माइमो प्रविधिले झन्झटबाट मुक्ति दिन्छ। यसले एकैपटक धेरै डिभाइसमा समान रूपमा डेटा वितरण गर्छ जसका कारण घरका सबै सदस्यले आ-आफ्नो डिभाइसमा बिनाकुनै अवरोध तीव्र गतिको इन्टरनेट चलाउन सक्छन्।
वर्ल्डलिंकका अनुसार वाईफाई सिक्सले ९.६ जीबीपीएससम्मको स्पीड सपोर्ट गर्छ तर व्यावहारिक प्रयोगमा ग्राहकले नोकिया वाईफाई सिक्स राउटरमार्फत १.५ जीबीपीएससम्मको गति पाउन सक्छन्। यसले गर्दा ठूला फाइलहरू सेकेन्डभरमै डाउनलोड हुन्छन् भने बफरिङको समस्या समाधान हुन्छ।
अनलाइन गेमिङ र जुम मिटिङ गर्दा भिडियो वा अडियो अड्किने समस्या (ल्याग) लाई यसले ७५ प्रतिशतसम्म कम गर्छ। 'रियल-टाइम' एप्लिकेसनहरूमा यसले सपोर्ट गर्छ। यसमा भएको 'बिमफर्मिङ' प्रविधिले सिग्नललाई जताततै छर्नुको साटो सिधै डिभाइसतर्फ केन्द्रीत गर्छ। यसले गर्दा कभरेज ४० प्रतिशतसम्म बढ्छ र घरको जुनसुकै कोठा वा तलामा बस्दा पनि इन्टरनेट काटिने समस्या हुँदैन।
डिजिटल संसारमा सुरक्षा सबैभन्दा ठूलो चुनौती हो। वाईफाई ६ मा रहेको 'डब्ल्यूपीए थ्री’ सुरक्षा प्रणालीले तपाईंको होम नेटवर्कलाई ह्याकिङ र अनधिकृत पहुँचबाट सुरक्षित राख्ने कम्पनीको दाबी छ।
वर्ल्डलिंकले आफ्ना ग्राहकको आवश्यकता अनुसार २०० एमबीपीएस, ४०० एमबीपीएस, ५०० एमबीपीएस र ६०० एमबीपीएसका विभिन्न प्याकेजहरू उपलब्ध गराएको छ। ग्राहकले आफ्नो रुचि र आवश्यकताअनुसार इन्टरनेट मात्र वा नेटटीभीसहितको 'कम्बो' प्याकेज रोज्न सक्नेछन्।
नयाँ ग्राहकले 'वर्ल्डलिंक सिक्स जी प्लान' अन्तर्गत आफूलाई पायक पर्ने योजना छानेर आवेदन दिन सक्छन् जसलगत्तै कम्पनीको प्राविधिक टोलीले घरमै पुगेर फाइबर कनेक्सन र वाईफाई सिक्स राउटर सेटअप गरिदिनेछ।
त्यस्तै पुराना ग्राहकले पनि यो आधुनिक प्रविधिमा अपग्रेड हुन सक्छन्। यसका लागि नजिकैको ग्राहक सेवा केन्द्र वा शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ। कम्पनीले पुराना ग्राहकका लागि राउटर परिवर्तन शुल्क (एकपटकका लागि) मात्र १ हजार १३० रुपैयाँ तोकेको छ।
इन्टरनेटको प्रयोग विलासिताबाट आवश्यकता र आवश्यकताबाट अब जीवनशैली बनिसकेको छ। यस्तो अवस्थामा वाईफाई ६ प्रविधिलाई भविष्यको डिजिटल नेपालका लागि एउटा महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। उच्च गति, फराकिलो कभरेज र स्थिर प्रदर्शनका कारण 'वर्ल्डलिंक सिक्स जी' नेपाली घर र कार्यालयहरूका लागि नयाँ पुस्ताको वास्तविक इन्टरनेट समाधान बन्ने कम्पनीको विश्वास छ।