आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारतमा उडान

मंगलबार, जेठ ५ २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारतमा उडान

श्री एयरलाइन्सले पहिलेपटक पोखरा विमानस्थलबाट भारतमा मेडिकल चार्डर उडान गरेको हो।

काठमाडौं- सञ्चालनमा आएको करिब ३ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारतमा उडान भएको छ।

श्री एयरलाइन्सले पहिलेपटक पोखरा विमानस्थलबाट भारतमा मेडिकल चार्डर उडान गरेको हो।

विमानस्थल कार्यालयका महाप्रबन्ध जगनाथ निरौलाका अनुसार मुक्तिनाथ भ्रमणमा आएका भारतीय नागरिकको स्वास्थ्यमा समस्या देखिएपछि उनका परिवारले चार्डर उडानमार्फत बिरामीलाई भारत नै लगेका हुन्।

उनका अनुसार पोखरा विमानस्थलबाट भारतको मध्यप्रदेशको राजा भोज विमानस्थलका चार्डर उडान भएको हो। यो उडान नै पोखराबाट भारतमा भएको पहिलो उडान हो।


प्रकाशित : मंगलबार, जेठ ५ २०८३१५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend