काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्ने गरी तोकेका छन्।
मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको हुँदा निजले सम्हालेको मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
गुरुङले आफूमाथिको अनुसन्धानमा असर नपरोस् भन्नका लागि मार्गप्रशस्त गर्दै बुधबार दिउँसो राजीनामा दिएका थिए।