शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

अर्थमन्त्री फेर्ने छलफल चलिरहँदा बढ्न थाल्याे सेयर बजार, लगातार दाेहाेराे अंककाे वृद्धि

images
मंगलबार, चैत ८ २०७८
images
images
अर्थमन्त्री फेर्ने छलफल चलिरहँदा बढ्न थाल्याे सेयर बजार, लगातार दाेहाेराे अंककाे वृद्धि
images
images

काठमाडौं- अर्थतन्त्रको बिग्रँदो अवस्थाप्रति चिन्ता देखाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन छलफल चलाइरहँदा मंगलबार सेयर बजारमा समेत दोहोरो अंकको वृद्धि देखिएको छ। 

images
images
images

प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई फिर्ता पठाएर मन्त्रिपरिषद् पुनर्गठन गर्न गठबन्धनमा प्रस्ताव राखेर छलफल गरिरहँदा सेयर बजारमा प्रभाव परिरहेको छ। सोमबार उतारचढावमा रहँदै अन्तिममा १८.०७ अंकले बढेर २६३४.६५ बिन्दुमा उक्लिएको बजारमा मंगलबार पनि दोहोरो अंककै वृद्धि देखिएको छ।

मंगलबार १६.०४ अंकले बढेर बजार २६५०.७० बिन्दुमा पुगेको छ। मंगलबार कारोबार रकमा भने सुधार देखिएन। ५३ लाख २९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ। जहाँ १ सय ६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्यमा गिरावट आएको छ।  

images

गत साता कारोबारको पहिलो दिन आइतबार १०१ अंक बढेर लगातार घटिरहेको बजारमा यो साता सकारात्मक प्रभाव देखिन थालेको छ।

images

पछिल्लो समय सेयर बजारमैत्री भाषण गर्दै हिँडेका अर्थमन्त्री शर्मा पनि चुनाव अगाडि बजार बढाउने पक्षमा रहेका छन्। त्यसका लागि उनको दौडधुप चलिरहेको छ। सरकारका सहभागी दलहरूमा भने अर्थमन्त्रीको विकल्पका बारेमा नै छलफल भइरहेको छ। विश्लेषकहरूले बजार अत्याधिक घटिसकेकोले चुनावअगाडि बजार बढ्ने बताउँदै आएका छन्। 

जनार्दन शर्मालाई हटाएर कांग्रेसबाट अर्थमन्त्री बनाउने छलफलमा प्रधानमन्त्री देउवा जनार्दन शर्मालाई हटाएर कांग्रेसबाट अर्थमन्त्री बनाउने छलफलमा प्रधानमन्त्री देउवा

यो साता आइतबार दोहोरो अंकको गिरावटसँगै कारोबार रकमसमेत सुस्ताएको थियो। आइतबार नेप्से १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेर रोकिएको थियो। आइतबार ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको थियो। 

बैंकहरूले ऋण नदिए पनि नगद भएका लगानीकर्ताले सेयर बजारमा लगानी गर्न थालेकाले बजारमा सुधारको संकेत देखिएको विश्लेषण भइरहेको छ।

बैंकहरूमा तरलताको समस्यासमेत समाधानउन्मुख रहेको छ। लगातार निक्षेप घटिरहेको भए पनि फागुनमा २२ अर्बले निक्षेप बढेको थियो। सेयर बजारले साथ पाउने अवस्था रहेको विश्लेषण भइरहे पनि बजारमा अपेक्षाकृत वृद्धिको अवस्था सुनिश्चित भइसकेको भने छैन।

सोमबार र मंगलबार दुई दिनको लगातार वृद्धिले लगानीकर्तामा विश्वास थपिएको विश्लेषकहरू बताउँछन्।  


प्रकाशित : मंगलबार, चैत ८ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend