बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

१०१ अंकले बढेको सेयर बजारमा यी पाँच कम्पनी जसमा लाग्यो सकारात्मक सर्किट

आइतबार, फागुन २९ २०७८
१०१ अंकले बढेको सेयर बजारमा यी पाँच कम्पनी जसमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं-  सेयर कारोबारमा साताको पहिलो दिन आइतबार १०१.०७ अंकले बढेर २६६७.९७ बिन्दुमा बजार पुग्दा विभिन्न पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्साेरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो। यस्तै इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए। ती कम्पनीको सेयर मूल्यमा समेत सकारात्मक सर्किट लाग्यो।

यता मेगा म्युचुअल फण्ड एक २.९३, प्राइम बैंकको ऋणपत्र १.९९, कुमारी इक्विटी फण्ड १.५९, नबिल ऋणपत्र १.४९ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.०७ प्रतिशतले गुमाए। 

नेप्सेमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्यमात्रामा वृद्धि भएन। २ सय २८ कम्पनीको ९० लाख २२ हजार ८ सय ९० कित्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ मूल्यमा खरिद बिक्री भए।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको सेयर नै उकालो लागेको छ। बैंकिङ ५४.७१, व्यापार ११३, होटल तथा पर्यटन १५८.६९, विकास बैंक २१०.५६, जलविद्युत् ७५.६५, वित्त १०७.०१, निर्जीवन बीमा ५६७.८७, उत्पादन ३०८.०६, अन्य ८६.६२, लघुवित्त १६३.७८, जीवन बीमा ९२२.१६, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.८१ अङ्कले उकालो लागेको छ।

आजको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब ८० अर्ब ७७ करोड १२ लाख ९२ हजार ८ सय ६९ रूपैयाँ बराबर पुगेको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ३४ करोड ३६ लाख ५० हजार ९ सय ५४ रूपैयाँ बराबरको कारोबार भयो।

यस्तै अपि पावर कम्पनी ३० करोड १७ लाख ३० हजार ५ सय ७०, आइसिएफसी फाइनान्स कम्पनी २१ करोड ३१ लाख १३ हजार ८ सय ७२, नेपाल दूरसञ्चार कम्पनी १९ करोड ६१ लाख ९५ हजार ५ सय ८३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी  १९ करोड ४६ लाख ७२ हजार ६ सय ९३ रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र परेका छन्।

यो पनि  - सेयर बजार बढ्नुका तीन कारण : बैंकको उही ब्याजदर, चुनावी प्रभाव र अन्यत्रको लगानी


प्रकाशित : आइतबार, फागुन २९ २०७८१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend