शनिबार, वैशाख २२ गते २०८१    
images
images

अख्तियारले छानबिन सुरू गरेसँगै कागजपत्र गायब बनाउन लुइटेललाई तारागाउँको सदस्य सचिव 

images
images
images
अख्तियारले छानबिन सुरू गरेसँगै कागजपत्र गायब बनाउन लुइटेललाई तारागाउँको सदस्य सचिव 

यसमा नियुक्तिको विधि र प्रक्रिया मात्र मिचिएको छैन, मन्त्री आलेले प्रलोभनमा आएर विवादित मान्छेलाई नियुक्त गरेका छन्। 

images
images

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारदमणि लुइटेललाई नियुक्त गरेका छन्। केही समय अघिमात्र आएको सर्वोच्च अदालतको आदेश र यसअघिका विधि विपरीत गएर मन्त्री आलेले लुइटेललाई सदस्य सचिव नियुक्त गरेका हुन्। 

images
images
images

यो नियुक्तिमा विधि र प्रक्रिया मात्र मिचिएको छैन। मन्त्री आलेले प्रलोभनमा आएर विवादित मान्छेलाई नियुक्त गरेका छन्। 

images

लुइटेल यसअघि नै तारागाउँ विकास समितिमा अध्यक्ष भइसकेका व्यक्ति हुन्। उनी अध्यक्ष हुँदा ह्यात होटलमा स्वामित्व तथा देशभर जग्गा जमिन भएको समितिको काम कारबाहीमा अनियमितता गरेको भन्दै प्रश्न उठ्ने गरेको थियो। 

images

लुइटेलले समितिको सम्पत्ति समितिको नाममा फिर्ता ल्याउने हल्ला चालाएर उल्टै क्षति पुर्‍याउने काम गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छानबिन गरिरहेको छ। 

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २५ गते एउटा पत्राचार गरेको थियो। जुन पत्रमा भनिएको थियो- तारागाउँ विकास समितिको अध्यक्ष हुँदा नारदकुमार लुइटेलले अनियमितता गरेको भन्ने उजुरी परेको छ। त्यसबारेमा विवरण खोजेर जवाफ पठाउनू।

pattra.jpg

अख्तिरले लुइटेलमाथि विभिन्न विषयमा अनियमितता गरेको, अनियमितता भएको आशंका भएका कामको फाइल गायव पारेको जस्ता विषयमा उजुरी परेको र त्यस बारेमा अख्तियारले छानबिन गर्नुपर्ने भएकाले सबै विवरण पठाउन पत्राचार गरेको एक महिनामै पर्यटनमन्त्री प्रेमबहादुर आलेले लुइटेललाई विकास समितिको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेका छन्। 

'बौद्ध स्थित ३५ रोपनी जग्गामा तत्कालीन समितिका अध्यक्ष नारद प्रसाद लुइटेलले अधिग्रहण गरेको जग्गा पुनः फिर्ता गराउने भन्ने अवैध सर्तमा कमिशन खाएको प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ विकास समिति अध्ययन अनुगमन सम्बन्धि प्रतिवेदनमा ह्यात नजिकको ३ रोपनी १५ आना जग्गा समितिको कार्यालय निर्माण गर्न निर्देशन दिएकोमा उक्त जग्गालाई नारद लुइटेलको पालामा तारागाउँ विकास समितिको संचालक परिषद समेतको मिलिमतोमा सपिङ कम्प्लेक्स बनाउने डिजाइन भएको, रमागृहलाई ३० वर्षको अस्वभाषिक अवधि राखेर सम्झौता गरेको, तारागाउँ विकास समितिबाट गरिने योजनाको टेण्डरको प्रकृयामा पनि करार र ज्यालादारी कर्मचारीहरूलाई संलग्न गराइ सेटिङमा टेण्डर गराउने गरेको लगायतका विषयको उजुरी आएको' भन्दै मन्त्रालयले समितिलाई फागुन ११ गते पत्र पठाएको थियो। रमा गृहमा समितको कार्यालय थियो। समितिले ताहाचलमा अफिस भाडामा लिएर उक्त भवन भाडामा लगाउने काम भएको थिए।

patra.jpg

मन्त्रालयले अख्तियारले प्रश्न सोधेर पठाएकाले पत्र पाएको सात दिनभित्र जवाफ लेखेर पठाउन समितिलाई निर्देशन दिइएको छ। मन्त्रालय आफैले प्रश्न गरेको र अहिलेसम्म समितिको जवाफी पत्रका बारेमा आफू अनभिज्ञ रहेको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए। नारदकुमार लुइटेलको नियुक्तिबाहेक अरु कुनै पनि विषयमा अहिलेसम्म आफूलाई जानकारी नभएको उनले जानकारी दिए। 

सचिव न्यौपानेको भनाइअनुसार अहिलेसम्म समितिले पत्र प्रश्नको जवाफ पठाएको छैन वा पठाए पनि सचिवले हेर्न पाएका छैनन्। सचिव आफैले मन्त्रालयले सोधेका प्रश्नको जवाफ हेर्न नपाइ उनै लुइटेललाई समितिको कार्यकारी पदमा नियुक्त गरिएको छ। 

यसबाहेक अख्तियारले छानबिन गरिरहेकै बेला मन्त्री आलेले लुइटेललाई नियुक्त गरेका छन्। अख्तियारले  प्रश्न उठाएको विषयसँग सचिव न्याैपाने पनि जाेडिन्छन्। याे रमागृहको भवन भाडामा लगाउँदादेखि सबै प्रक्रियामा पहिले न्याैपाने मन्त्रालयकै सचिव हुँदा भएकाे थियाे भने  समितिकाे अध्यक्ष तथा सदस्य सचिव उनै लुइटेल नै थिए। अहिले अख्तियारले याे विषयमा छानबीन गर्न थालेपछि हतार हतारमा मन्त्री आले र न्याैपाानेले लुइटेललाई सबै डकुमेन्ट गायव पार्ने उनलाई नियुक्त गरेकाे मन्त्रालय स्राेतकाे भनाइ छ।

यो पनि - अदालतको आदेश लत्याउँदै पर्यटनमन्त्री आलेले गरे तारागाउँ विकास समितकाे सदस्य सचिव नियुक्ति

images

प्रकाशित : बिहीबार , फागुन २६ २०७८०१:३५

प्रतिक्रिया दिनुहोस