मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

धितोपत्र बोर्डको अध्यक्ष भएको एक महिना नपुग्दै शंकर समूहलाई रेटिङ कम्पनीको लाइसेन्स दिँदै हमाल 

images
बिहीबार , फागुन २६ २०७८
images
images
धितोपत्र बोर्डको अध्यक्ष भएको एक महिना नपुग्दै शंकर समूहलाई रेटिङ कम्पनीको लाइसेन्स दिँदै हमाल 

निजी कम्पनीका वित्तीय जानकारीमा पहुँच हुने यस्ता कम्पनीको व्यापारिक साझेदारमा नेपालमा विवादित बनेको कम्पनी संलग्न कम्पनीलाई दिनु आफैमा जोखिमपूर्ण रहेको अधिकारीहरूले बताएका छन्। 

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले इन्फोमेरिक्स कम्पनीलाई क्रेडिट रेटिङको लाइसेन्स दिने तयारी गरेको छ। 

images
images

भारतीय कम्पनी इन्फोमेरिक्सलाई क्रेडिट रेटिङको लाइसेन्स दिने प्रस्ताव बोर्डमा पुगेको छ। बोर्ड अध्यक्षमा नियुक्त हुनेवित्तिकै रमेशकुमार हमालले यो कम्पनीको लाइसेन्ससम्बन्धि काम द्रुतमार्गबाट अघि बढाएका हुन्। 

images
images

नेपाली साझेदारमा शंकर समूह रहेको यो कम्पनीलाई लाइसेन्स दिनेसम्बन्धि प्रस्तावलाई हमालले पहिलो प्राथमिकतामा राख्दै अघि बढाएका हुन्। यो कम्पनीले लाइसेन्सका लागि भन्दै ६ महिना अघि बोर्डमा निवेदन दिएको थियो। 

images
images
images

हमाल अध्यक्ष भएर आउनेवित्तिकै कम्पनीले आफूले सबै पूर्वाधार तयार पारेको भन्दै सञ्चालन अनुमतिका लागि केहीदिन अघिमात्र बोर्डमा जानकारी गराएको थियो। कम्पनीले निवेदन दिएपछि त्यसबारेमा खासै अध्ययन नगरी हतार हतारमा लाइसेन्स दिने तयारी बोर्डले गरेको छ। हमाल यही फागुन ५ गते धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त भएका हुन्।

क्रेडिट रेटिङ नियमावली अनुसार कुनै पनि कम्पनीले निवेदन दिएपछि त्यस बारेमा बोर्डले अध्ययन गर्नुपर्छ। अध्ययन गरेर पूर्वाधार पुगे नपुगेका बारेमा हेरेपछि मात्र लाइसेन्ससम्बन्धि काम अघि बढ्छ। तर हमालले भने यसमा कुनै अध्ययन नगरी कम्पनीले दिएकै सूचनाका भरमा लाइसेन्स दिने प्रक्रिया अघि बढाएका छन्। 

'यो कम्पनीले निवेदन दिँदा बोर्डमा विवाद भएको थियो। खासमा त्यस बारेमा कुनै अध्ययन भएको थिएन। अहिले आएर अध्ययनको काम अघि बढाउनुपर्नेमा अध्यक्षले सिधै काम अघि बढाएका छन्'  बोर्ड निकट स्रोतले भन्यो। 

कुनै पनि कम्पनीको वित्तीय सक्षमताको अध्ययन तथा विश्लेषण गरी विश्वासनीय आर्थिक स्वास्थ्यका बारेमा राय दिने जिम्मेवारी भएका क्रेडिट रेटिङसम्बन्धि सेवा दिने कम्पनीको लाइसेन्स दिँदा बढी नै गम्भीर हुनुपर्ने नियमावलीले व्यवस्था गरेको छ। 

पछिल्लो समय नेपाल राष्ट्र बैंकले ५० करोड बढीको ऋण लिने कम्पनीले अनिवार्य क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था गरेको छ। सार्वजनिक सेयर निस्कासनबाहेक ऋण प्रयोजनका लागि पनि रेटिङ अनिवार्य भएपछि यसमा व्यापार बढ्ने देखिन्छ। हाल नेपालमा दुईवटा यस्ता कम्पनी छन्। 

निजी कम्पनीका वित्तीय जानकारीमा पहुँच हुने यस्ता कम्पनीको व्यापारिक साझेदारमा नेपालमा विवादित बनेको कम्पनी संलग्न कम्पनीलाई दिनु आफैमा जोखिमपूर्ण रहेको अधिकारीहरूले बताएका छन्। 

'सबै कुरा कानूनले तोकेका योग्यता हेरेर मात्र हुँदैन। कोरोनाकालमा थर्मल गनको तस्करीमा मुछिएको व्यावसायिक समूह संलग्न कम्पनीलाई यस्तो व्यापारको लाइसेन्स दिने कुरा नै सोचनीय हो' बोर्ड सम्बद्ध एक अधिकारीले भने। 

शंकर समूहको योजनामै आएका थिए हमाल

नेपालको अर्थतन्त्र, धितोपत्रका बारेमा खासै जानकारी नभएका हमालले आफूभन्दा अनुभवीहरुलाई उछिन्दै अध्यक्ष हुन सफल भएका हुन्। थाइल्यान्डमा रियलस्ट‍ेट क्षेत्रमा काम गरेको अनुभव बाहेक उनीसँग शैक्षिक योग्यतामात्र थियो। तर नेपाली धितोपत्रका बारेमा ज्ञान तथा अनुभव भएकालाई पाखा लगाउँदै हमाल सफल भए। 

हमालको नियुक्ति राजनीतिक भन्दा बिल्कुल कर्पोरेट पावरका भरमा भएको हो। अध्यक्ष नियुक्तिको प्रक्रिया सुरू भएदेखि नै उम्मेद्वार  खोज्नेसम्मका काममा बिचौलियाहरू सक्रिय भएका थिए। पाँचजनाको नाम छनौट र अन्तिम सर्टलिस्टसम्म बिचौलियाको सक्रियता देखिएको थियो। 

धितोपत्र बोर्डको अध्यक्षमा निकै चासो दिएर लागिरहेका एक पात्र हुन् दीपक भट्ट। प्राय सबै राजनीतिक दलका उच्च नेताहरूसँग पहुँच भएका भट्ट धितोपत्र बोर्डको अध्यक्ष आफ्नै मान्छे बनाइछाड्ने अभियानमा थिए। उनकै जोड बलमा हमाल नियुक्त भएका हुन्।  

धितोपत्र बोर्डमा आफ्नो मान्छे सकेसम्म यो क्षेत्रलाई नजिकबाट नबुझेकालाई ल्याउने उनको योजना अनुसार नै हमाल रोजाइमा परेका हुन्। यसका लागि भट्टले प्रधानमन्त्री पत्नी आरजू राणा देउवासम्मलाई  प्रभाव पारेका थिए। 

विशेषगरी शंकर समूहको विश्वासपात्रका रुपमा रहेका भट्टले धितोपत्रमा पनि त्यही मिसनसहित सक्रिय भएका छन्। शंकर समूह बाहेक अरु समूहले पनि चासो दिएका छन्। तर शंकर समूहको चासोलाई पूर्णता दिने अभियानमा भट्ट रहेका छन्। 

शंकर समूहले चाहेका र धितोपत्र बोर्डसँग जोडिएका अनुमति तथा समुन्वयका काममा सहजीकरण गर्ने उद्देश्यसहित हमाल नियुक्त भएका हुन्। यही योजना अनुसार नै शंकर समूह संलग्न कम्पनीलाई रेटिङ लाइसेन्स प्राथमिकतामा परेको हो। 

यो पनि - बीमा समितिपछि धितोपत्र बोर्डमा दीपक-साहिलको जोडी सफल 

यो पनि - धितोपत्र बोर्डको अध्यक्ष बनाउन बिचौलियाको सक्रियता


प्रकाशित : बिहीबार , फागुन २६ २०७८११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend