शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बीमा समितिपछि धितोपत्र बोर्डमा दीपक-साहिलको जोडी सफल 

अनुभवीलाई उछिन्दै हमाल बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष

images
बिहीबार , फागुन ५ २०७८
images
images
बीमा समितिपछि धितोपत्र बोर्डमा दीपक-साहिलको जोडी सफल 

धितोपत्र बोर्डमा आफ्नो मान्छे सकेसम्म यो क्षेत्रलाई नजिकबाट नबुझेकालाई ल्याउने उनको योजना अनुसार नै हमाल रोजाइमा परेका हुन्। यसका लागि भट्टले प्रधानमन्त्री पत्नी आरजू राणा देउवासम्मलाई  प्रभाव पारेका थिए। 

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्षमा धनगढी स्थायी ठेगाना भएका रमेशकुमार हमाल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

images
images
images

नेपालको अर्थतन्त्र, धितोपत्रका बारेमा खासै जानकारी नभएका हमालले आफूभन्दा अनुभवीहरुलाई उछिन्दै अध्यक्ष हुन सफल भएका छन्। थाइल्यान्डमा रियलस्ट‍ेट क्षेत्रमा काम गरेको अनुभव बाहेक उनीसँग शैक्षिक योग्यतामात्र थियो। तर नेपाली धितोपत्रका बारेमा ज्ञान तथा अनुभव भएका गोपाल भट्ट र कृष्ण पोखेरलाई पाखा लगाउँदै हमाल अध्यक्ष भएका छन्। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्‍वनाथ पौडेलको नेतृत्वमा बनेको समितिले कृष्ण पोखरेल, डा गोपाल भट्ट र डा रमेश हमालको नाम सिफारिस गरेको थियो। यी तीन जनाबाट मन्त्रिपरिषद्को बैठकले हमाललाई  धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। 

images

हमाल चार वर्षका लागि अध्यक्ष नियुक्त भएका होइनन्। यसअघि सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन प्रक्रियामा अनियमितता गरेको भन्दै बर्खास्त भएका भीष्म ढुंगानाकै बाँकी कार्यकालका लागि नियुक्त भएका हुन्। धितोपत्र बोर्ड ऐनको दफा १४ मा कार्यकाल सकिनुअघि नै बर्खास्त वा राजीनामा दिएपछि अध्यक्ष वा सदस्यको बाँकी अवधिका लागि नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ। 

images

तत्कालीन अध्यक्ष भीष्म ढुंगानाले अनियमितता गरेपछि उनी बर्खास्त  भएका थिए। २०७६ को पुसमा नियुक्त भएका ढुंगानाको बाँकी कार्यकाल भनेको अब २०८० सम्म थियो। 

हमालको नियुक्ति राजनीतिक भन्दा बिल्कुल कर्पोरेट पावरका भरमा भएको हो। योजनाबद्ध रुपमा हमाल अध्यक्षका लागि छनौट भएको जानकारहरू बताउँछन्। 

अध्यक्ष नियुक्तिको प्रक्रिया सुरू भएदेखि नै उम्मेद्वार  खोस्नेसम्मका काममा बिचौलियाहरू सक्रिय भएका थिए। पाँचजनाको नाम छनौट र अन्तिम सर्टलिस्टसम्म बिचौलियाको सक्रियता देखिएको थियो। 

धितोपत्र बोर्डको अध्यक्षमा निकै चासो दिएर लागिरहेका एक पात्र हुन् दीपक भट्ट। प्राय सबै राजनीतिक दलका उच्च नेताहरूसँग पहुँच भएका भट्ट धितोपत्र बोर्डको अध्यक्ष आफ्नै मान्छे बनाइछाड्ने अभियानमा थिए। उनकै जोड बलमा हमाल नियुक्त भएका छन्। 

धितोपत्र बोर्डमा आफ्नो मान्छे सकेसम्म यो क्षेत्रलाई नजिकबाट नबुझेकालाई ल्याउने उनको योजना अनुसार नै हमाल रोजाइमा परेका हुन्। यसका लागि भट्टले प्रधानमन्त्री पत्नी आरजू राणा देउवासम्मलाई  प्रभाव पारेका थिए। 

भट्टको चासो किन छ? नियामकमै आफ्नो मान्छे ल्याएर पूर्णकालीन दबदबा बनाउन सकिन्छ भन्ने उनी विश्वस्त भएका छन्। उनको यसमा अनुभव पनि छ। यसअघि बीमा समितिमा आफ्नै मान्छे सूर्य सिलवाललाई अध्यक्ष बनाएर पछि उनकै अग्रसरतामा हिमालय पुर्नबीमा कम्पनीले लाइसेन्स पाएको थियो। आफू निकट व्यक्तिका लागि अनुमतिमात्रै होइन त्यसका लागि आवश्यक लाभका लागि नियामकीय निर्णय पनि निरन्तर हुने छन् भने अरु नयाँ नआउनेहरूका लागि पनि उनैले बार्गेनिङ गर्ने बाटो पाउनेछन्। 

निश्चित ठेक्कामा चासो दिनुभन्दा नियामककै कब्जा गरेपछि धेरै सजिलो हुने उनको बुझाइ छ। यही कारणले धितोपत्रमा विशेष चासो दिएका छन्। 

पछिल्लो केही वर्षदेखि नेपालमा निजी स्टक एक्सचेन्ज कम्पनीलाई अनुमति दिने बहस भइरहेको छ। अहिले सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज कम्पनीमात्र रहेको छ। यसको प्रतिस्पर्धीका रूपमा निजी कम्पनीलाई अनुमति दिने तयारी भइरहेको छ। यस्तो अनुमति लिन भन्दै केही व्यवसायीहरुले प्रस्ताव पनि पेश गरिसकेका छन्।

स्वभाविका रुपमा यस्तो कम्पनीको अनुमतिमा नेपालका ठूला व्यावसायिक घरानाको छ। तर प्रतिस्पर्धामा जाँदा पाउने निश्चित छैन। कसले पाउँछ भन्ने कुनै ग्यारेन्टी छैन। यस्तो अनुमति खोजिरहेका व्यवसायीका लागि भट्ट तयार देखिएका छन्। उनीप्रति व्यवसायीको विश्वास किन पनि छ भने यसअघि हिमालय पनर्बिमा कम्पनीको लाइसेन्स लिन सफल भएका छन्। 

विशेषगरी शंकर समूहको विश्वापात्रका रुपमा रहेका भट्टले धितोपत्रमा पनि त्यही मिसनसहित सक्रिय भएका छन्। शंकर समूह बाहेक अरु समूहले पनि चासो दिएका छन्। तर शंकर समूहको चासोलाई पूर्णता दिने अभियानमा भट्ट रहेका छन्। 

भट्टले यही अभियानका रूपमा धितोपत्रमा धेरै जानकारी नभएका पात्र रमेश हमाललाई पिक गरेका छन्। लामो समय थाइल्यान्डमा रियलस्टेट एजेन्टको रुपमा काम गरेका हमालसँग धितोपत्रका बारेमा खासै जानकार छैनन्। 

'हमालले दिएको प्रस्तुती नै एउटा बैंकको सीईओले बनाइदिएका हुन्। उनीसँग खासै जानकारी छैन। तर भट्ट हमाललाई जसरी पनि बनाइछाड्ने अभियानमा छन्' यो विषयका जानकार एक व्यवसायीले भने। 

अन्तत: बीमा समितिपछि धितोपत्र बोर्डमा पनि भट्ट सफल भएका छन्। अब अध्यक्ष हमाल मार्फत् निजी स्टक एक्सचेन्जका लागि उनले पहल गर्नेछन्। वा भनौं हमालको नियुक्ती नै यसैका लागि भएको हो। भट्टले जसलाई चाहन्छन् उसैले पाउने वातावरण हमालले बनाउने छन्। 

बिमा समितिको अध्यक्ष नियुक्तीमै खेलेर कसरी हिमालय रिइसन्स्योरेन्सको लाइसेन्स लिन सफल भएका थिए:


प्रकाशित : बिहीबार , फागुन ५ २०७८१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend