आइतबार, असोज ६ गते २०८१    
images
images

सार्वजनिक यातायातको भाडा आफै बढाउने व्यवसायीहरूको चेतावनी

images
आइतबार, फागुन २२ २०७८
images
images
सार्वजनिक यातायातको भाडा आफै बढाउने व्यवसायीहरूको चेतावनी
images
images

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैले बढाउने भन्दै सरकारलाई चेतावनी दिएको छ। 

images
images
images

महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिएका हुन्। 

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ।

आइतबार न्युज एजेन्सी नेपालमार्फत महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा समायोजन गर्ने बताएका छन्।

images

उनले महासंघको बैंठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा बढाउने निर्णय गरि सकेको जानकारी दिए। यातायात व्यवसायीहरूले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाइ छ।

उनले २५ गतेभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने बताए। सिटौलाले सरकारले यातायात व्यवसायीहरूको मागको सुनुवाइ समेत नगरी नतमस्तक भएर बसेको तर्क गरे। सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गरे। उनले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनुपर्ने माग गरे। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरूले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताए।

पछिल्लो समय डिजल-पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन्। सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५/५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, फागुन २२ २०७८१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend