आइतबार, असोज ६ गते २०८१    
images
images

वायु प्रदूषण कम गर्न सवारीमा युरो ६ अनिवार्य गर्न जोड

images
आइतबार, फागुन २२ २०७८
images
images
वायु प्रदूषण कम गर्न सवारीमा युरो ६ अनिवार्य गर्न जोड

वायु प्रदूषणका विभिन्न आयामहरुबारे कार्यपत्र समेत प्रस्तुत गरेका थिए। नेपालमा वायु प्रदूषण हुनुमा सवारीसाधन मात्र नभइ अन्य कारणहरुको पनि महत्वपूर्ण हिस्सा रहेको विज्ञहरुको भनाइ छ।

images
images

काठमाडौं- नेपालमा वायु प्रदूषण खतरातर्फ उन्मुख भएको भन्दैे सरोकारवालाहरुले चोसो व्यक्त गरेका छन्। वायु प्रदूषणका विभिन्न कारक मध्ये सवारीसाधन एक महत्वपूर्ण कारण हो। त्यसैले आयात हुने सवारीसाधनमा युरो ६ लागु गर्न ढिला भइसकेको उनीहरुको भनाइ छ। 

images
images
images

नेपाल इनर्जी एन्ड इन्भाइरोमेन्ट डेभलपमेन्ट सर्भिसेस (एनईईडीएस)ले आयोजना गरेको ‘नेपालमा वायु प्रद्रषण : मुद्दा, चुनौती र समाधानका उपायहरु’ विषयक कार्यक्रममा अनुसन्धानकर्ता तथा सरोकारवालाहरुले सवारीले धेरै प्रदूषण गर्ने भएकाले त्यसमा स्तरोन्नती गर्नुपर्ने बताएका हुन्। उनीहरुले फोहर बालेर, गोबरगुईँठा बालेर, सवारीसाधनले, धुलोधुवाँलगायतले वायु प्रदूषण गर्दै आएको बताएका हुन्।   

वायु प्रदूषण गर्ने विभिन्न कारकहरुमध्ये सवारीसाधनको हिस्सा महत्वपूर्ण भएकाले कम प्रदूषण गर्ने सवारी आयातमा सरकारले ध्यान दिनु पर्ने एनईईडीएसका अध्यक्ष समेत रहेका वायु प्रद्रषण विज्ञ भुपेन्द्र दासले बताए। ‘हाम्रो देशमा युरो ३ सरहको सवारी आयात २०६९ सालामा लागु भएको थियो,’ उनले भने, ‘९ वर्ष भइसक्दा समेत हामी युरो ६ मा जान सकेनौं। अब हामीले वायु प्रदूषण कम गर्ने हो भने युरो ६ मा लागु गर्न ढिलाइ गर्नु नहुने हाम्रो अध्ययनहरुले देखाएको छ।’ 

वायु प्रदूषणका विभिन्न आयामहरुबारे कार्यपत्र समेत प्रस्तुत गरेका थिए। नेपालमा वायु प्रदूषण हुनुमा सवारीसाधन मात्र नभइ अन्य कारणहरुको पनि महत्वपूर्ण हिस्सा रहेको विज्ञहरुको भनाइ छ।

images

त्यसमा पनि सवारीसाधनले धेरै प्रदूषण गर्ने भएकाले आयातमा आधारित हाम्रो मुलुकले कम प्रदूषण गर्ने सवारी आयातमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ।  

वायु प्रदूषणका विभिन्न कारक मध्ये सवारीसाधन मुख्य कारक भएकाले प्रदूषण मापदण्ड स्तरोन्नती आवश्यक रहेको वातावरण विभागका महानिर्देशक गोपालप्रसाद अर्याल बताए। ‘वायु प्रदूषणको मुख्य कारक सवारीसाधन भएकाले भारतले समेत युरो ६ (बीएस ६ लागु गरिसकेको छ,’ उनले भने, ‘नेपालले पनि यसतर्फ निर्णय लिन ढिलाइ भइसकेको छ।’ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने वन तथा वातावरण मन्त्रालयले नै भएको उनको भनाइ छ। 

‘मापदण्ड स्तरोन्नती गर्न मन्त्रालय र विभाग सकारात्मक छ,’ अर्यालले भने, ‘त्यसले पार्ने आर्थिक प्रभाव कस्तो हुन्छ भन्ने महत्वपूर्ण छ। त्यो आर्थिक प्रभाव सरकसरले कति बेहोर्ने, सवारीधनिले कति बेहोर्ने भन्ने हुन्छ।’

वायु प्रदूषण कम गर्न हामीले काम नै गर्ने हो भने युरोे ४ वा ६ मा जाने भनेर छलफल गर्ने होइन तत्काल युरो ६ मा जाने निर्णय गर्नुपर्ने वातावरण विद् भुषण तुलाधरले बताए। ‘हामी ६ मै जानु पर्छ, यसमा आर्थिक, वातावरण र सामाजिक कारण पनि छन्,’ उनले भने, ‘युरो ६ मा जाँदा सवारीले गर्ने प्रदूषण कमीमा ठूलो परिवर्तन आउँछ। त्यसैले ६ मै जानु पर्छ। भारत २ वर्ष अघि नै ६ मा गइसकेको छ।’ 

नेपालले सवारी नबनाइ आयात मात्र गर्ने भएकाले कम प्रदूषण गर्ने सवारी आयातमा जोड दिनुपर्ने उनको भनाइ छ। ‘हामी बनाउँदैनौं, तेल नि रिफाइन हुँदैन। त्यसैले हामीले युरो ६ युक्त सवारी नै ल्याउने हो,’ तुलाधरले भने, ‘युरो ६, ४ भन्दा महँगो छ तर स्वास्थ्यमा किन कम्प्रोमाइज गर्ने?’ 

साना डिजेल पेट्रोल गाडी त निश्चित समयमा बन्द गर्ने निर्णय सरकारले गर्नुपर्छ। नयाँ आर्थिक वर्षदेखि सरकारले युरो ६ को कार्यान्वयनमा जाने निर्णय लिर्नेमा उनले जोड दिए। वायु प्रदूषणमा सवारीको धेरै हिस्सा रहेकाले पूर्ण विद्युतीय नहुँदासम्म युरो स्तर बढाउँदै जानु पर्ने सरोकारवालाको भनाइ छ।

त्यस्तै उनीहरुले प्रदूषण मापदण्ड स्तरोन्नतीसँगै विद्युतीय सवारीको प्रयोगमा बढावा दिने नीति सरकारले लिनुपर्ने बताए। कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साह, त्रिवि वातावरण विज्ञान विभाग प्रमुख रेजिना मास्केलगायतको उपस्थिति थियो। 


प्रकाशित : आइतबार, फागुन २२ २०७८१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend