शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

धितोपत्र बोर्डका अध्यक्ष हमाल भन्छन् - सेयर कर्नरिङ गरेर हुने कारोबार राेक्छौँ

images
बुधबार, फागुन १८ २०७८
images
धितोपत्र बोर्डका अध्यक्ष हमाल भन्छन् - सेयर कर्नरिङ गरेर हुने कारोबार राेक्छौँ
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेयर खरिद बिक्रीमा हुने कर्नरिङलाई समाधान गर्ने अबको प्रमुख काम भएकाे बताएका छन्। 

images
images
images

पुँजी बजारको वर्तमान अवस्थाका बारेमा अर्थ मन्त्रालयमा भएको छलफलमा उनले मार्केट कर्नरिङको विषयमा धितोपत्रबोर्डले लाइभ नै हेरेर नयाँ संरचना बनाएर नियमन गर्ने बताए। यसकाे लागि छुट्टै संरचना चाहिने भएकोले काम अगाडि बढाउन थालेकोसमेत उनले बताए।

images
images

बोर्डले सफ्टवेयर सुधार, साथै अरू प्रविधिकाे समेत विकास गर्न लागेको उनले बताए। धितोपत्र बाेर्डको वेयर हाउस, ब्रोकर र सेटलमेन्ट सम्बन्धी नियमावलीसमेत बनाउन सुरु गरेकाे उनले बताए।

images
images

वित्तीय साक्षरताको विषयमा पनि बोर्डले काम अगाडि बढाएकाे उनले बताए। साक्षरता नहुँदा सानाेतिनो हल्लामा सेयर बजार तलमाथि भएर चलेकाे उनले बताए। 'अब देशभरी साक्षरता कार्यक्रम चलाउने छाैँ' हमालले भने। 

सेवेनकाे संस्थागत क्षमता विस्तारकाे लागि काम गर्ने उनको भनाइ छ। भौतिक पूर्वाधार, नयाँ सूचना प्रविधि संयन्त्र साथै आफ्नै एमआईएस प्रणाली विकासकाे विकास गर्न समेत आवश्यक रहेकाे उनले बताए।

यो पनि - पुँजीबजार सुधारमा अर्थमन्त्रीका दर्जन बढी सुझाव, इन्साइडर ट्रेडिङ रोक्नेदेखि आजै किनेर आजै बिक्री गर्नेसम्म


प्रकाशित : बुधबार, फागुन १८ २०७८०७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend