शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पुँजीबजार सुधारमा अर्थमन्त्रीका दर्जन बढी सुझाव, इन्साइडर ट्रेडिङ रोक्नेदेखि किनेकै दिन बिक्री गर्नेसम्म

images
बुधबार, फागुन १८ २०७८
images
पुँजीबजार सुधारमा अर्थमन्त्रीका दर्जन बढी सुझाव, इन्साइडर ट्रेडिङ रोक्नेदेखि किनेकै दिन बिक्री गर्नेसम्म
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले इनसाइडर ट्रेडिङ गर्न प्रवृति हटाउने विषय सरकारलाई चुनौती रहेकाे बताएका छन्।

images
images
images

विगतमा धितोपत्र बोर्डका अध्यक्षसमेत त्यसमा संलग्न भएपछि सरकारले पदबाट हटाएर सुधार सुरु गरेकाे उनले बताएका छन्। नेप्से र धितोपत्र बाेर्डको तालमेल नहुने गरेकाे पाइएकोले अब नयाँ नेतृत्वलाई समस्या समाधान गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन्। 

images
images

पुँजी बजारको समस्या समाधान गर्ने र सर्वसाधारण जनताकाे लगानी सुरक्षित गर्ने विषयका साथै पुँजी बजारकाे वर्तमान अवस्थाका बारेमा अर्थ मन्त्रालयमा छलफल गर्दै उनले लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाे बताए।

images
images

विदेशमा कसरी सेयर बजार चलिरहेका छन् भन्ने विषयमा सरकारले अध्ययन गरिरहेकाे समेत उनले बताए। 'लगानीकर्तालाई प्रतिफल दिलाउन के भूमिका खेल्न सक्छाैँ भन्ने विषयका साथै नेपालको पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि सरकारले विभिन्न काम गरिरहेको छ' उनले भने। 

साना र स्टार्टअप कम्पनीहरूलाई पनि पुँजी बजारमा भित्र्याउन सरकारले पहल गर्ने उनले बताएका छन्। 

sharma chhalfal.jpg

पुँजी बजारमा आईपीओमा आउन नसकेका कम्पनीहरूलाई कसरी परिचालन गर्ने भन्नेसमेत समस्या रहेको र त्यसको समाधानका लागि काम भइरहेको उनले बताए। डिम्याट खाता खाेल्ने नै ५० लाख पुगेकाे बताउँदै अब बजारको क्षमता बढाउनु पर्ने समेत उनले बताए। 

आजै किन्ने आजै बिक्रि गर्ने व्यवस्था अब नेपालमा स्थापित गर्न आवश्यक रहेकाे उनले बताए। लिलामीमा पनि अनलाइन सिष्टम लागू गर्नुपर्ने अर्थमन्त्री शर्माले बताए।

अर्थमन्त्री शर्माले पुँजी बजार सुधारका लागि सरकारले सबै किसिमको अवरोध हटाएर निचोड निस्कने काममा लाग्नुपर्ने बताए।

बुक बिल्डिङको विषयलाई पनि व्यवस्थित बनाएर लागू गर्नुपर्नेमा अर्थमन्त्रीले जाेड दिए। बाेक्रर कम्पनीबाट मार्जिन ल्याल्डिङको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। 

सेयर बजारमा राजनीति नगर्नसमेत उनले आग्रह गरेका छन्। अब बजारमा देखिएका समस्या पहिचान भएकाेले छिटै समाधान हुनेसमेत उनले बताए।

यो पनि - धिताेपत्र बाेर्डका अध्यक्ष हमाल भन्छन् - सेयर कर्नरिङ गरेर हुने कारोबार राेक्छौँ


प्रकाशित : बुधबार, फागुन १८ २०७८०७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend