बिहीबार , जेठ ३ गते २०८१    
images
images

दूरसञ्चारबाट हुने डलर आम्दानी निरन्तर घट्दै 

images
बुधबार, फागुन १८ २०७८
images
images
दूरसञ्चारबाट हुने डलर आम्दानी निरन्तर घट्दै 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार दूरसञ्चार क्षेत्रले विदेशबाट गर्ने आम्दानीमा गिरावट देखिएको छ। 

images
images

काठमाडौं- दूरसञ्चार कम्पनीहरूले अन्तर्राष्ट्रिय कलबाट गर्ने आम्दानीमा पछिल्लो समय निरन्तर घट्दै आएको छ।  विदेशबाट भ्वाइस कल आउँदा दूरसञ्चार कम्पनीहरूले आम्दानी पनि गर्छन्। यस्तो आम्दानीमा पछिल्लो समय गिरावट आएको छ।

images
images
images

दूरसञ्चार सेवाप्रदायकहरूको आयको मुख्य स्रोत र देशको लागि विदेशी मुद्रा आर्जनको पनि बलियो आधार मानिएको यो बाटो पछिल्लो समय खुम्चिँदै गएको छ। देशभित्रकै पनि भ्वाइस कलको आम्दानी गुमाउँदै गएका कम्पनीहरूले अन्तर्राष्ट्रिय आम्दानी पनि गुमाउन थालेका छन्। 

images

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार दूरसञ्चार क्षेत्रले विदेशबाट गर्ने आम्दानीमा गिरावट देखिएको छ। 

images
images

राष्ट्र बैंकको तथ्यांकअनुसार दूरसञ्चार क्षेत्रले विदेशबाट गर्ने आम्दानी पछिल्ला दुई वर्षमा घट्दो देखिएको छ। गत वर्षको साउनदेखि पुसमा १९ प्रतिशतले घटेको यस्तो आम्दानी यो वर्षको छ महिनामा पनि १६ प्रतिशतले घटेको छ। 

images
images

आर्थिक वर्ष २०७६/७७ को छ महिनामा दूरसञ्चार कम्पनीहरूले ९ करोड डलर आम्दानी गरेका थिए। त्यसपछिको वर्ष ७ करोड ४२ लाख थियो भने गत वर्ष ६ करोड ६५ लाख मात्र थियो। यो वर्षको छ महिनामा जम्मा ६ करोड १७ लाख छ। 

इन्टरनेटमा आधारित विभिन्न एप्लिकेशनको प्रयोगका कारण अन्तर्राष्ट्रिय लामो दुरीको कल (आइएलडी) वापतको शुल्क घटेको सरोकारवालाहरूको भनाइ छ। 
 
ह्वाट्सएप, फेसबुक म्यासेन्जर, इमो भाइबर जस्ता इन्टरनेटमा आधारित एप्लिकेशनबाट कल गर्न सकिने भएकोले सिधा कलको माध्यमबाट आउने राजश्व गुम्दै गएको छ। 
 
विदेशबाट नेपालमा फोन गर्दा त्यो फोन विभिन्न क्यारिएर भएर नेपाल आउँछ अर्थात त्यसको बीचमा विभिन्न गेटवे तथा फरवार्ड हुँदै नेपालसम्म पुग्छ। जस्तै कतारको कुनै कम्पनीको सिमबाट नेपालमा फोन गर्दा  उसले बीचमा राखेका विभिन्न क्यारिएर हुँदै नेपालको नेटवर्कमा आउँछ जुन विभिन्न सेवाप्रदायकमार्फत आउँछ। त्यसरी कुन कम्पनीको सिममा फोन आएको हो त्यही फरवार्ड हुन्छ। 
 
यसरी कलसँग आउने पैसा पनि नेपालमा जसको गेटवेमार्फत आएको हो त्यसले बढी पाउँछ। फरवार्ड हुने कम्पनीले केही कम पाउने व्यवस्था रहेको छ। यसरी कुनै पनि कम्पनीको गेटवेममार्फत आएको कल सिग्नललाई अर्को नेटवर्कमा फरवार्ड गर्नुलाई कल टर्मिनेट भनिन्छ भने त्यसमा लाग्ने शुल्क वा पैसालाई टर्मिनेशन शुल्क भनिन्छ। दूरसञ्चार कम्पनीहरूले विदेशबाट फोन आउँदा पनि आम्दानी गर्छन्। 

पछिल्लो समय नेपाली कम्पनीहरूले यस्तो आम्दानी गुमाउँदै गएका छन्। 

सेवाप्रदायकहरूले विदेशबाट हुने यस्तो आम्दानी बाहिर नै सेटलमेन्ट गर्नसक्ने भन्दै महालेखा परीक्षकले सचेत गराउँदै आएको छ। नियामक दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कलको ट्राफिक अनुगमन गर्ने भने पनि अहिलेसम्म त्यस्तो प्रविधि जडान गर्न भने सकेको छैन।


प्रकाशित : बुधबार, फागुन १८ २०७८०३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend