बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

रेकर्ड बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला चारसय रूपैयाँले घट्यो

सोमबार, भदौ २३ २०८२
रेकर्ड बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला चारसय रूपैयाँले घट्यो

सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ११ हजार ६ सय रूपैयाँ तोकिएको छ।

काठमाडौं- आइतबार बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य सोमबार भने प्रतितोला चारसय रूपैयाँले घटेको छ। सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ११ हजार ६ सय रूपैयाँ तोकिएको छ।

यो साता आइतबार सुनको मूल्य तोलामा १६ सय रूपैयाँले बढेर प्रतितोला २ लाख १२ हजार रूपैयाँ कायम थियो।

गत साताभर उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य बिहीबार एकदिन थामिएको थियो। यो साता आइतबार पुन: कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य सोमबार भने ओरालो लागेको हो।

आइतबार १० रूपैयाँले बढेको चाँदीको मूल्य पनि सोमबार प्रतितोला २५ रूपैयाँले घटेको छ।

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ४ सय ७५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, भदौ २३ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend