काठमाडौं- नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वीरगञ्जमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। भदौ २० देखि कम्पनीले शोरूमको औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याएको हो।
यसले वीरगञ्ज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवाहरू उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीले जनाएको छ।
वीरगञ्जको यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको छ, जहाँ स्थानीय ग्राहकले अन्तर्राष्ट्रियस्तरको अनुभव प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।