काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले महँगिएको छ।
बुधबार प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ९९ हजार चारसय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला दुई हजार तीनसय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो साता बुधबार चाँदी प्रतितोला दुई हजार तीनसय ४५ रूपैयाँमा कारोबार भएको थियो।