काठमाडौं- हालै सम्पन्न भएको नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा एलएस अटोका ८८ वटा कार बुकिङ भएको छ। एलएस अटोले नाइमा र नाडा दुवैमा सहभागिता जनाएको थियो।
एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चरले दुई अटो शोमा गरेर ८८ वटा कार बुकिङ भएको जनाएको छ।
काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ भदौको ३ देखि ८ गतेसम्म र ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ गतेदेखि २६ गतेसम्म चलेको थियो। कम्पनीका अनुसार नाडामा ५१ र नाइमामा ३७ वटा एलएस अटो कार विद्युतीय कार बुकिङ भएका हुन्।
एलएस अटोका गाडी छोटो समयमै यतिका बुकिङ हुनु अपेक्षा भन्दा राम्रो भएको कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले बताए। कम्पनीले अहिले एलईभी ०१ ईभी उपलब्ध गराएको छ।
योसँगै कम्पनीले अर्को कार पनि ल्याउँदै छ। चीनतर्फका नाका बाढी पहिरोका कारण बन्द भएकाले नयाँ कार आइपुग्ने नसकेकाे हाे। बाटो सहज हुनेवित्तिकै नयाँ कार पनि नेपाल आइपुग्ने कम्पनीले जनाएको छ।